close

ह्वाट्सएपमा नयाँ अपडेट, अब सेभ नभएका नम्बरमा पनि मेसेज र कल गर्न सकिने

टेकपाना टेकपाना

साउन ९, २०८० १५:४४

ह्वाट्सएपमा नयाँ अपडेट, अब सेभ नभएका नम्बरमा पनि मेसेज र कल गर्न सकिने

 

काठमाडौं । ह्वाट्सएपले नयाँ अपडेटमार्फत सोझै फोन नम्बरमा च्याट गर्न सकिने सुविधा ल्याएको छ । आइतबार सार्वजनिक भएको ह्वाट्सएपको पछिल्लो अपडेटसँगै अब कसैसँग च्याट गर्दा नम्बर सेभ गर्न नपर्ने भएको हाे ।

यसअघि ह्वाट्सएपमा कसैसँग च्याट गर्नुपर्‍यो भने नम्बर सेभ गर्नुपर्ने बाध्यता थियो । त्यसबाहेक पनि केही प्रयोगकर्ता ट्रुकलर वा ब्राउजर प्रयोग गरी ह्वाट्सएपको नम्बरमा च्याट गर्ने गर्थे । अब फोनमा नम्बर डायल गरी मेसेज पठाएजस्तै ह्वाट्सपमा पनि सोझै नम्बर डायल गरेर च्याट, अडियो तथा भिडिओ कल गर्न सकिन्छ । 

कसरी गर्ने नम्बर सेभ नगरेरै ह्वाट्सएपमा च्याट ?

- सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् । 

‍- त्यसपछि तलपट्टि भएको मेसेजको आइकनमा थिच्नुहोस् ।

 

- अनि माथि रहेको सर्चको आइकनमा जानुहोस् ।

 

- यति गरेपछि छेउमा भएको किप्याडको आइकनमा थिच्नुहोस् (सोझै  सर्च नेम अर फोन नम्बर भनेको ठाउँमा नम्बर पेस्ट गर्दा पनि च्याट गर्न सकिन्छ ।)

- त्यसपछि आफूले च्याट गर्न चाहेको नम्बर डायल गर्नुहोस् । 

- यति भएपछि उक्त नम्बरको छेउमा च्याटको बटन देख्न सकिन्छ । उक्त बटनमा ट्याप गरिसकेपछि सोझै च्याट, अडियो कल र भिडिओ कल गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८० १५:४४