close

अभिनेता सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

टेकपाना टेकपाना

साउन १४, २०८० १४:२७

अभिनेता सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

काठमाडौं । अभिनेता सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ । डिजिटल फरेन्सिक ल्याबमा ताम्राकारको मोबाइल परीक्षण गर्दा उक्त सुसाइड नोट भेटिएको जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

३१ वर्षीय अभिनेता ताम्राकार गत २८ असारमा रातो पुल स्थित आफ्नै घरमा मृत भेटिएका थिए । घटना स्थलमा कुनै सुसाइड नोट नभेटिएपछि प्रहरीले उनको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब पठाएको थियो ।

ढिलोगरी प्राप्त भएको डिजिटल फरेन्सिक ल्याब रिपोर्टको आधारमा आत्महत्या प्रकरणमा अनुसन्धान गर्न सहज हुने एसएसपी कार्की प्रहरीले जनाए । "ल्याबको रिपोर्ट केही दिन अघि आएको हो," उनले भने । 

पछिल्लो अध्यावधिक: साउन १४, २०८० १४:२८