close

सामसङ फोनका ७ मोडेलमा क्याशब्याक अफर, जेड फोल्ड फोरमा मात्रै ४५ हजार छुट

टेकपाना टेकपाना

साउन १६, २०८० १३:५८

सामसङ फोनका ७ मोडेलमा क्याशब्याक अफर, जेड फोल्ड फोरमा मात्रै ४५ हजार छुट

काठमाडौं । सामसङले नेपालमा बिक्री हुने फ्ल्यागशिप फोनमा क्याशब्याक अफर ल्याएको छ । वर्षाको मौसम सुरु भएसँगै कम्पनीले मनसुन अफर अन्तर्गत नौ ओटा मोडेलमा क्याशब्याक अफर ल्याएको थियो । ​मंगलबारदेखि कम्पनीले नेपाली बजारमा एस२३ सिरिजका मोडेलबाट क्याशब्याक अफर हटाएको हो ।

अब सामसङका सात ओटा मोडेलमा मात्र क्याशब्याक पाइने छ । कम्पनीले जेड फोल्ड फोरमा सबैभन्दा बढी फिर्ता दिने भएको छ । दुई लाख ४४ हजार ९९९ रुपैयाँ बजार मूल्य भएको जेड फोल्ड फोर खरिद गर्दा ४५ हजार रुपैयाँ क्याशब्याक पाइनेछ । 

यसमा १२ जीबी र्‍याम २५६ जीबी इन्टर्नल स्टोरेज रहेको छ । त्यस्तै ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको जेड फ्लिप फोर खरिद गर्दा ३० हजार रुपैयाँ क्याशब्याक पाइनेछ । यसको बजार मूल्य एक लाख ४४ हजार ९९९ रुपैयाँ छ ।

यसैगरी १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको जेड फोल्ड थ्री १२ हजार रुपैयाँ क्याशब्याक पाउन सकिन्छ । यो मोडेलको बजार मूल्य एक लाख ७९ हजार ९९९ रुपैयाँ रहेको छ । त्यससँगै एस२२ खरिद गर्दा १५ हजार रुपैयाँ क्याशब्याक पाइन्छ ।

यसमा ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज छ । कम्पनीका अनुसार यो भेरियन्टको एस२२ को मूल्य एक लाख २४ हजार ९९९ रुपैयाँ छ । त्यस्तै १२ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भएको एस२२ अल्ट्रा खरिद गर्दा १० हजार रुपैयाँ क्याशब्याक पाइनेछ । यो मोडेलको बजारमूल्य एक लाख ६९ हजार ९९९ रहेको छ ।

त्यसैगरी ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज भएको ए२३ मोडेल खरिदमा कम्पनीले दुई हजार रुपैयाँ क्याशब्याक दिने उल्लेख गरेको छ । साथै ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको ए२३ मोडेल खरिद गर्दा पनि दुई हजार रुपैयाँ क्याशब्याक दिनेछ । यी बाहेकका मोडेलमा कम्पनीले कुनै पनि क्याशब्याक उपलब्ध गराएको छैन ।

त्यस्तै कम्पनीले सामसङ एम ०४ को ४/६४ जीबी भेरियन्टको मूल्य १५ हजार ९९९ रुपैयाँ र ४/१२८ जीबी भेरियन्टको मूल्य १७ हजार ९९९ रुपैयाँ तोकेको छ । कम्पनीले यो क्याशब्याक अफरको अवधि कहिलेसम्म लागू हुनेछ भन्ने विषयमा भने केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: साउन १६, २०८० १६:२२