काठमाडौं । कमलादीमा सामसङको नयाँ स्टोर खुलेको छ । नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपले यो प्रिमियम स्टोर सञ्चालनमा ल्याएको हो ।
आइतबारदेखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोङ बुम पार्कले गरे । यो ब्राण्ड स्टोरले ग्राहकहरूलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउने आईएमएसको दाबी छ ।
ग्राहकहरूले स्टोरमा सामसङका सम्पूर्ण सिरिजका स्मार्टफोनहरु, त्यससँग आबद्ध इकोसिस्टम जस्तैः ग्यालेक्सी बड्स, ग्यालेक्सी स्मार्टवाचहरू, ट्याब्लेटहरू, सामसङ मोनिटरहरू, सामसङ उपकरणहरु र सामसङ टेलिभिजनहरु समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन् ।
स्टोरमा गेमिङमा अभिरुचि राख्ने युवालाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरू राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ । स्टोरमा आउने ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन् ।
''सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, मासिक किस्तामा शून्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ्ग सुविधा हो । यसले ग्राहकहरूलाई सहज कर्जा सुविधा प्रदान गर्दछ, जसले गर्दा ग्राहकहरुले सजिलोसँग सामसङको सामानहरु खरीद गर्न वा न्यूनतम मूल्यमा आफ्नो रोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्नेछन् । यस प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोरले ग्राहकहरुलाई प्रिमियम अनुभव दिलाउने पूरा विश्वास छ,'' आईएमएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।