close

सेगवे ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न शून्य प्रतिशत ब्याजदरमा ५ लाखसम्म ऋण पाइने

टेकपाना टेकपाना

साउन १८, २०८० १४:२९

सेगवे ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न शून्य प्रतिशत ब्याजदरमा ५ लाखसम्म ऋण पाइने

काठमाडौं । सेगवे ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहनेले शून्य प्रतिशत ब्याजदरमा पाँच लाखसम्म कर्जा पाउने भएका छन् ।

सेगवे नाइटबटको नेपालस्थित आधिकारिक वितरक आईहब प्रालिले एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, तपाईँको बजार लगायतका वित्तीय संस्थाहरूसँग सहकार्य गरी यो सुविधा ल्याएको हो ।

यसअन्तर्गत सहज फाइनान्सिङ, १८ महिनासम्मको ईएमआई, निःशुल्क एक्सेसरिज र मर्मत, आकर्षक एक्सचेन्ज अफर, ग्राहक अनुकूल डाउन पेमेन्ट लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

यो अफर सेगवेका सबै मोडेलहरू एन१००, ई१००, इए११०एल र ई१२५ मा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८० १५:७