close

कक्षा १२ मा कुन ग्रेड ल्याउने विद्यार्थी आईटी वा इन्जिनियिरिङ पढ्न पाउँछन् ?

टेकपाना टेकपाना

साउन ३१, २०८० १८:६

कक्षा १२ मा कुन ग्रेड ल्याउने विद्यार्थी आईटी वा इन्जिनियिरिङ पढ्न पाउँछन् ?

काठमाडौं । हालै सार्वजनिक भएको कक्षा १२ को ‍नतिजामा ५०.९१ प्रतिशत उत्तीर्ण भए भने ४९.०९ प्रतिशत नन ग्रेडड (एनजी) भए । तर ग्रेड वृद्धिको परीक्षा दिएर एनजी प्राप्त विद्यार्थीले आफ्नो ग्रेड सुधार गर्न सक्छन् । यसो हुँदा स्नातक तहमा अध्ययन गर्न पाउने विद्यार्थी संख्या थपिन सक्छ ।

यसरी स्नातक तहमा भर्ना योग्य विद्यार्थीहरू विभिन्न विषयमा भर्ना हुन सक्छन् । विद्यार्थीहरू भर्ना हुने विभिन्न विषयहरू मध्ये आईटी पनि हो । तर ती आईटी विषयहरूमा भर्ना हुँदा विद्यार्थीले प्राप्त गरेको नतिजाले पनि प्रभाव गर्ने गर्छ ।

यसो हुँदा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफ्नो रोजाइको विषय पढ्न नपाउन सक्छन् । यसैले आज हामी कक्षा १२ को अन्तिम परीक्षामा कुन आईटी कोर्ष पढ्न कति ग्रेड ल्याएको हुनुपर्छ भन्ने बारे जानकारी दिने छौं:

पूर्वाञ्चल विश्वविद्यालय

यस विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्काय, इन्जिनियरिङ सङ्काय आदिले आईटी कोर्ष सञ्चालन गरिरहेको छ । विशेषत: यस विश्वविद्यालयले बीसीए, बीआईटी, बायोटेक्नोलोजी, कम्प्युटर इन्जिनियरिङ लगायतका आईटी कोर्ष सञ्चालन गरिरहेको छ । तल थप कोर्ष सहित तिनमा भर्ना हुन चाहिने योग्यता दिइएको छ:

-बायो टेक्नोलोजी अध्ययन गर्न कक्षा ११/१२, ए लेभल वा समकक्षता तहमा फिजिक्स, केमेस्ट्री, बायोलोजी र अंग्रेजी लिएर अन्तिम नतिजामा २.० जीपीए अथवा ४५ प्रतिशत अङ्क ल्याएको हुनु पर्छ ।

-बीसीएमा भर्ना कक्षा ११/१२, ए लेभल वा समकक्षता तहको अन्तिम नतिजामा ४५ प्रतिशत वा प्रत्येक विषयमा डी प्लस ग्रेड प्राप्त गरी २.० जीपीए ल्याएको हुनुपर्छ ।

-बीआईटीमा भर्ना हुन कक्षा ११/१२, ए लेभल वा समकक्षता तहमा गणित विषय लिएर डी प्लस ल्याएको हुनु पर्ने र अन्तिम नतिजामा ४५ प्रतिशत वा प्रत्येक विषयमा डी प्लस ग्रेड सहित २.० जीपीए ल्याएको हुनुपर्छ ।

-इन्जिनियरिङका विषयहरूमा भर्ना हुन कक्षा ११/१२ वा सो सरहको परीक्षामा फिजिक्स, केमेस्ट्री, म्याथ र इङ्गलिस लिएर यी सबैमा न्यूनतम 'सी' ग्रेड ल्याएको हुनु पर्छ । तीन वर्षे डिप्लोमा इन्जिनियरिङ वा कक्षा ९-१२ (प्राविधिक) अध्ययन गरेकाले न्यूनतम २ सीजीपीए वा ४५ प्रतिशत ल्याएको हुनुपर्छ ।

-ब्याचलर अफ साइन्स इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (बीएससी एमएलटी) मा भर्ना हुन कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र बायोलोजी वा तीन वर्षे डिप्लोमा तह सर्टिफिकेट इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (सीएमएलटी) अध्ययन गरेर अन्तिम नतिजामा २.४ जीपीए अथवा ५० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्छ ।

पोखरा विश्वविद्यालय

यस विश्वविद्यालयले आफ्नो इन्जिनियरिङ सङ्काय साथै अन्य केही सङ्कायले आईटी कोर्ष सञ्चालन गरिरहेको छ । जसमा इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङ, बीसीए, कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ लगायतका विषय छन् । ती विषय पढ्ने योग्यता तल दिइएको छ:

-इन्जिनियरिङका विषयमा भर्ना हुन कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ विषय लिई ४५ प्रतिशत, ‘सी’ ग्रेड वा २.० सीजीपीए ल्याएको हुनु पर्छ । ए लेभल अध्ययन गरेका विद्यार्थीले भने न्यूनतम ‘डी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

-ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (बीसीआईएस) अध्ययन गर्न कक्षा १२ मा प्रत्येक विषयमा 'सी' ग्रेड अथवा २.० सीजीपीए ल्याएको हुनुपर्छ ।

-बीसीएमा भर्ना हुन कक्षा ११/१२ वा सो सरहको तहमा गणित वा कम्प्युटर विषय लिई अन्तिम नतिजामा कम्तिमा ४५ प्रतिशत वा'सी' ग्रेड  ल्याएको हुनुपर्छ ।

-ब्याचलर अफ साइन्स इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (बीएससी एमएलटी) मा भर्ना हुन कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र बायोलोजी वा तीन वर्षे डिप्लोमा तह सर्टिफिकेट इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (सीएमएलटी) अध्ययन गरेर अन्तिम नतिजामा २.४ जीपीए अथवा ५० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्छ ।
 

त्रिभुवन विश्वविद्यालय

देशको जेठो विश्वविद्यालयको रुपमा परिचित यस विश्वविद्यालयले आफ्नो इन्जिनियरिङ अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान लगायतका संस्थानहरूले आईटी कोर्ष सञ्चालन गरिरहेका छन् । ती आईटी कोर्षहरू अध्ययन गर्न चाहिने योग्यता तल दिइएको छ: 

-इन्जिनियरिङका विषयमा भर्ना हुन कक्षा ११/१२ वा सो सरहतको तहमा फिजिक्स, केमेस्ट्री  म्याथ विषय अध्ययन गरी अन्तिम नतिजामा ४५ प्रतिशत वा 'सी' ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

-बीएससी सीएसआईटीमा भर्ना हुन फिजिक्स, केमेस्ट्री र म्याथ विषय अध्ययन गरी अन्तिम नतिजामा 'सी ग्रेड' प्राप्त गरेको हुनुपर्छ । ए लेभलका विद्यार्थीहरूले भने डी ग्रेड ल्याएको हुनुपर्छ ।

-बीआईटी अध्ययनका लागि भने कक्षा ११/१२ वा सो सरहको तहमा जुनै विषय पढे पनि १.१ जीपीए अथवा डी ग्रेड ल्याएकाे हुनुपर्छ । 

-बीसीएमा भर्ना हुन कक्षा ११/१२ वा सो सरहको अन्तिम नतिजामा न्यूनतम ‘डी’ प्लस ग्रेड ‍वा २.० सीजीपीए ल्याएकाे हुनुपर्छ । 

-बीआईएममा भर्ना कक्षा ११/१२ मा १.८० सीजीपीए वा ‘डी’ प्लस ल्याएको हुनुपर्छ ।

-ब्याचलर अफ इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) मा भर्ना हुन कक्षा ११/१२ वा सो सरहको तहमा 'डी प्लस' ग्रेड वा २.० जीपीए ल्याएको हुनुपर्छ ।
 

काठमाडौं विश्वविद्यालय

विश्वविद्यालयले आफ्नो स्कुल अफ साइन्स, स्कुल अफ इन्जिनियरिङ लगायत अन्य केही स्कुलहरू अन्तर्गत आईटी कोर्ष चलाइरहेको छ । जसमा भर्ना हुन विद्यार्थीले निम्न प्राप्ताङ्क प्राप्त गरेको हुनुपर्छ।

-कम्प्युटर साइन्स, कम्प्युटेस्नल म्याथम्याटिक्समा भर्ना हुन कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ विषय लिई अन्तिम नतिजामा ५० प्रतिशत वा २.० जीपीए ल्याएको हुनुपर्छ ।

-बायोटेक्नोलोजि, बायोइन्फोर्मेटिक्समा भर्ना हुन कक्षा ११/१२ वा सो सरहको तहमा फिजिक्स, केमेस्ट्री र म्याथ विषय लिई २.० जीपीए वा ५० प्रतिशत ल्याएको हुनुपर्छ ।

-इन्जिनियरिङका विषयमा भर्ना हुन फिजिक्स, केमेस्ट्री, म्याथ विषय लिएर अन्तिम नतिजामा ५० प्रतिशत वा २.० सीजीपीए ल्याएको हुनुपर्छ । कम्प्युटर इन्जिनियरिङ, बीटेक इन एआई, जियोमेटिक्स, आर्किटेक्चर अभ्ययन गर्न भने फिजिक्स, म्याथ र कम्प्युटर साइन्स लिएकाले पनि पाउँछन् ।

-ब्याचलर अफ टेक्निकल एजुकेसन इन इन्फरमेसन टेक्नोलोजी (बी टेक एड इन आईटी) मा भर्ना हुन कक्षा ११/१२ मा सबै विषयमा १.८ सीजीपीए, 'डी' प्लस वा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्छ ।

यी बाहेक गण्डकी विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिमाञ्चल विश्वविद्यालय लगायत केही विश्वविद्यालय आईटी कोर्ष चलाइरहेका छन् । यी विश्वविद्यालयले चलाइरहेको आईटी कोर्षमा भर्ना हुन माथिकै योग्यता हुनुपर्छ । तलको तालिकामा विश्वविद्यालय र तिनले सञ्चालन गरिरहेको आईटी कोर्ष दिइएको छ:


 

क्र.स.

विश्वविद्यालय 

कोर्ष

१.

त्रिभुवन विश्वविद्यालय

-बीएससी सीएसआईटी

-इलेक्ट्राेनिक्स, कम्प्युनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ

-कम्प्युटर इन्जिनियरिङ

-बीआईसीटीई

-बीसीए

-बीआईएम

-बीआईटी

-बीएससी एमएलटी

२.

काठमाडौं विश्वविद्यालय

-बीएससी इन कम्प्युटेस्नल म्याथेम्याटिक्स

- बीबीआईएस

-बीएससी इन बायोइन्फर्मेटिक्स

-बीटेक बायोटेक्नोलोजी

-बी टेक इन एआई

-कम्प्युटर साइन्स

-बीएससी एमआईटी

३.

पोखरा विश्वविद्यालय

-इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङ

-बीसीए

-कम्प्युटर इन्जिनियरिङ

-सफ्टवेयर इन्जिनियरिङ

-बीएससी एमएलटी

 -बीई आईटी

-बीसीआईएस 

४.

पूर्वाञ्चल विश्वविद्यालय

 

-बीसीए

-बीआईटी

-बायोटेक्नोलोजी 

-बायोटेक

-कम्प्युटर इन्जिनियरिङ

-इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ

५.

मध्यपश्चिम विश्वविद्यालय

-कम्युटर इन्जिनियरिङ

-बीएससी सीएसआईटी

६.

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय

-बीएससी सीएसआईटी

-कम्प्युटर इन्जिनियरिङ

७.

गण्डकी विश्वविद्यालय 

-बीआईटी

८.

राजर्षि जनक विश्वविद्यालय

-बीएससी सीएसआईटी

 

यी पनि हेर्नुहोस्

नेपालमा इन्जिनियरिङ पढ्न कति लाग्छ शुल्क ?

बीएससी कम्प्युटर साइन्स वा बीआईटी, कुन पढ्ने ?

कम्प्युटर इन्जिनियरिङ वा कम्प्युटर साइन्स, तपाईँका लागि कुन राम्रो ?

कुन विषय पढ्नेः सफ्टवेयर इन्जिनयरिङ कि कम्प्युटर इन्जिनियरिङ ?


 

पछिल्लो अध्यावधिक: साउन ३१, २०८० १८:७