काठमाडौं । कक्षा १२ पछि विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न योग्य हुन्छन् । उच्च शिक्षामा पढाइ हुने विषयमध्ये एक विकल्प हो, सूचना प्रविधि (आईटी) । तर यसका पनि धेरै कोर्सहरू विभिन्न विश्वविद्यालय र संस्थाले सञ्चालन गर्ने हुँदा विद्यार्थीहरू अलमलमा पर्न सक्छन् । यसकारण आईटीमा एउटा लक्ष्य राखेको विद्यार्थीले गलत विषय चयन गर्न सक्छ । त्यसले अन्तमा उसको पूरै करियरलाई नै असर पार्न सक्छ ।
सूचना प्रविधिसम्बन्धी पढाइ हुने मुख्य विषयको सूचीमा पर्छन्, बीएससी कम्प्युटर साइन्स र बीआईटी । यी दुवै कोर्समा धेरै विषय मिल्दाजुल्दा छन् । नेपाल जस्तो प्रविधिको धेरै विकास नभएको देशमा त यी दुवै कोर्सको जनशक्तिले काम गर्ने क्षेत्र पनि उस्तै उस्तै हुन्छ ।
बीएससी कम्प्युटर साइन्स (ब्याचलर अफ साइन्स इन कम्प्युटर) नेपालमा पुरानोमध्येको एक आईटी कोर्स हो । काठमाडौं विश्वविद्यालय (केयू)ले सन् १९९४ बाट नेपालमा यो कोर्स पहिलो पटक पढाउन सुरु गरेको हो । बीआईटी (ब्याचलर अफ इन्फर्मेसन टेक्नाेलाेजी) भने नेपालमा पूर्वाञ्चल विश्वविश्वविद्यालयले सन् २००१ देखि सञ्चालनमा ल्याएको हो । त्यसअघि अन्य विश्वविद्यालयहरूले यो कोर्स ल्याएका थिएनन् ।
अहिले नेपालमा विद्यालय तहदेखि नै कम्प्युटरको पढाइ हुन्छ । साथै त्रिभुवन विश्वविद्यालय (त्रिवि) लगायत अन्य विभिन्न विदेशी विश्वविद्यालयको यो कोर्स नेपालमा चलिरहेको छ । त्यस्तै पोखरा विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले पनि बीआईटी सञ्चालन गरिरहेका छन् ।
आज हामी काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स र पूर्वाञ्चल विश्वविद्यालयको बीआईटी कार्यक्रमबारे जानकारी दिने छौं:
परिचय
यी दुवै कोर्स चार वर्षे (आठ सेमेस्टर) हो । बीएससी कम्प्युटर साइन्स केयूको ‘कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभाग’ अन्तर्गत सञ्चालन भइरहेको छ । बीआईटीलाई भने पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय राखेको छ । साथै विश्वविद्यालयको यो कोर्स विभिन्न आङ्गिक तथा सम्बन्धनप्राप्त कलेजहरूमा सञ्चालन भइरहेको छ ।
केयूले आफ्नो कम्प्युटर साइन्स कार्यक्रममा सैद्धान्तिक विषयहरूलाई जोड दिएको छ । पूर्वाञ्चल विश्वविद्यालयले भने बीआईटीमा प्रयोगात्मक विषयहरू राखेको छ । सामान्यतया बीएससी कम्प्युटर साइन्सका विद्यार्थीले एल्गोरिदम, डेटा स्ट्रक्चर, अपरेटिङ सिस्टम, सफ्टवेयर इन्जिनियरिङ र अन्य सैद्धान्तिक अवधारणाका बारेमा पढ्छन् । यता बीआईटीका विद्यार्थीहरूले भने प्रोग्रामिङ, वेब डेभलपमेन्ट, नेटवर्क लगायतका अन्य व्यवहारिक सीपबारे पढ्छन् ।
सरल भाषामा बुझ्दा कम्प्युटर साइन्स कम्प्युटरका सिद्धान्त र सफ्टवेयरमा केन्द्रित हुन्छ । विद्यार्थीहरूले यस विषयको अध्ययनपछि कम्प्युटर सिस्टम, पर्फर्मेन्स आदिबारे थाह पाउँछन् । त्यस्तै बीआईटी ‘अप्लाइड’ तिर बढी केन्द्रित छ । यस काेर्षमा कम्प्युटर साइन्सका सैद्धान्तिक विषयभन्दा एप्लिकेसनसँग सम्बन्धित विषयहरू रहेका छन् । विद्यार्थीले तिनै विषयबारे अध्ययन गर्नुपर्ने हुन्छ ।
सामान्यतया कम्प्युटर साइन्सले कम्प्युटर र यसका प्रोग्रामहरूको डिजाइन गर्ने, तिनलाई बनाउने अर्थ दिन्छ । कम्प्युटर साइन्स पढेकाले सफ्टवेयरहरू बनाउन, वेबसाइट डिजाइन गर्न सक्छन् । त्यस्तै इन्फर्मेसन टेक्नोलोजीले कम्प्युटर र यसका प्रोग्रामहरूको नेटवर्क, सिस्टम र डेटाबेसहरूलाई राम्रोसँग चलाउन मर्मत सम्भार गर्ने र तिनमा हुने समस्याको समाधान गर्ने अर्थ हुन्छ ।हुन यी दुवै कोर्समा उस्तो धेरै भिन्नता भने छैन । कहिलेकाहीँ आईटीमा काम गर्न कम्प्युटर विज्ञानका सिद्धान्तहरूको ज्ञान आवश्यक पर्छ । त्यस्तै वेब डेभलपमेन्ट वा सफ्टवेयर इन्जिनियरिङ जस्ता कम्प्युटर साइन्ससम्बन्धी काम गर्न आईटीको आवश्यकता पर्छ ।
ब्याचलर अफ साइन्स इन कम्प्युटर
यो १४० क्रेडिट आवरको कोर्स हो । यसमा रोबोटिक्स, कम्प्युटर भिजन, आर्टिफिसियल इन्टेलिजेन्स, बायो इन्फर्मेटिक्स लगायत विभिन्न क्षेत्रको सैद्धान्तिक र एल्गोरिदम फाउन्डेसन आदिबारे अध्ययन गर्नुपर्ने हुन्छ । जसमा माइक्रोप्रोसेसर एन्ड एसेम्ब्ली ल्याङ्ग्वेज, कम्प्युटेसनल अपरेसन रिसर्च, कम्प्युटर आर्किटेक्चर एन्ड अर्गनाइजेसन, एल्गोरिदम एन्ड कम्प्लेक्सिटी, ग्राफ थ्यौरी लगायत विषय पर्छन् । यस कोर्सले कम्प्युटिङ समस्याहरू समाधान गर्न सक्ने, कम्प्युटरको नयाँ प्रयोग पत्ता लगाउने र सफ्टवेयर डिजाइन र त्यसको लागू गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।
ब्याचलर अफ इन्फर्मेसन टेक्नाेलाेजी
यो पनि १४० क्रेडिट आवरको कोर्स हो । यसमा प्रोग्रामिङ, सिस्टम डिजाइन, कम्प्युटर नेटवर्क र कम्युनिकेसनसँग सम्बन्धित विषयहरू पढाइ हुन्छ । कोर्सले विद्यार्थीहरूलाई प्रोग्रामिङसँगै कम्प्युटर सिस्टम डिजाइन, कम्प्युटर आर्किटेक्चर बारे ज्ञान प्रदान गर्छ । त्यस्तै इन्टरनेट तथा वेब, मल्टिमिडिया, आर्टिफिसियल इन्टेलिजेन्स, मोबाइल टेक्नोलोजीको आदि क्षेत्रमा समेत विद्यार्थीले पढ्न पाउँछन् ।
सूचना प्रविधिको क्षेत्रमा व्यावसायिक बन्न प्रशिक्षित गर्नु, सफ्टवेयर, हार्डवेयर, नेटवर्किङ, डेटा स्ट्रकचर र कम्प्युटर आर्किटेक्चर बारे सीप विकास गराउनु यो कोर्सको प्रमुख उद्देश्य हो ।
पाठ्यक्रम
विश्वविद्यालय अनुसार यी कोर्सको पाठ्यक्रममा भिन्नभिन्न हुन्छ । यसकारण कोर्सको पाठ्यक्रमबारे एउटा विश्वविद्यालयलाई आधार मान्दा उपर्युक्त हुन्छ । हामीले काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स र पूर्वाञ्चल विश्वविद्यालयको बीआईटीलाई आधार मानेका छौं । केही विषयहरू फरक भए पनि भिन्न भिन्न विश्वविद्यालयले सञ्चालन गरिरहेको यी कोर्समा मुख्य विषय भने समान हुन्छन् ।
कम्प्युटर साइन्समा मुख्य आईटीका बाहेक अन्य विषयका कोर्सहरू पनि छन् । यसमा क्यालकुलस एन्ड लिनियर अल्जेब्रा, कम्प्युटर प्रोग्रामिङ, वर्कशप टेक्नोलोजी, अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ, इन्जिनियरिङ प्रोजेक्ट, डिजिटल लाेजिक, डेटा स्ट्रकचर एन्ड एल्गोरिदम जस्ता विषय छन् ।
त्यस्तै डेटा कम्युनिकेसन एन्ड नेटवर्किङ, माइक्रोप्रोसेसर एन्ड एसेम्ब्ली ल्याङ्ग्वेज, कम्प्युटेसनल अपरेसन रिसर्च, अर्गनाइजेसन, इन्फर्मेसन सिस्टम इथिक्स, एल्गोरिदम एन्ड कम्प्लेक्सिटी, इन्जिनियरिङ म्यानेजमेन्ट आदि विषय छन् । इन्फर्मेसन टेक्नोलोजीमा भने अलि बढी साइबर सेक्युरिटी, कम्प्युटर नेटवर्क, कम्प्युटर सिस्टमसँग सम्बन्धित विषय छन् ।
यसमा डिजिटल लाेजिक, इन्ट्रोडक्सन टु इन्फर्मेसन टेक्नोलोजी, अब्जेक्ट ओरियन्टेडन प्रोग्रामिङ, माइक्रोप्रोसेसर एन्ड कम्प्युटर आर्किटेक्चर, अपरेटिङ सिस्टम, डेटाबेस म्यानेजमेन्ट सिस्टम, डेटा स्ट्रकचर एन्ड एग्लोगरिदम आदि विषय छन् ।
त्यस्तै नेटवर्क एन्ड डेटा कम्प्युनिकेसन, सिस्टम एनालिस्ट एन्ड डिजाइन, कम्प्युटर ग्राफिक्स, इन्फर्मेसन सेक्युरिटी, डेटाबेस एड्मिनिस्ट्रेसन, सफ्टवेयर प्रोजेक्ट म्यानेजमेन्ट लगायतका विषय छन् । यी दुवै कोर्समा इलेक्टिभ विषय र अनिवार्य इन्टर्नशिप गरिएको छ ।
सीप
कुनै पनि कोर्स अध्ययन गरेपछि विद्यार्थीलाई सीप प्रदान गर्नु प्रमुख उद्देश्य हुन्छ । त्यही सीपको आधारमा विद्यार्थीको भविष्य तय हुन्छ । विद्यार्थीले यो कोर्स अध्ययन गरेपछि निम्न सीप सिक्न सक्छन्:
बीएससी कम्प्युटर साइन्स
बीआईटी
पाइथन, सी++, सीएसस, जाभा स्क्रिप्ट जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज
पाइथन, पावरशेल जस्ता स्क्रिप्टिङ प्रोग्रामिङ ल्याङ्ग्वेज
स्टाटिस्टिक्स, अल्जेब्रा, क्यालकुलस
ट्रबलसुटिङका तरिकाहरू
गीटहब जस्ता कोड शेयरिङ प्लेटफर्म
नेटवर्क कन्फिगुरेसन
सफ्टवेयर डेभलपमेन्ट लाइफसाइकल बारे ज्ञान
फायरवाल्स र राउटर जस्ता सेक्युरिटी इन्फ्रास्ट्रकर
मसिन लर्निङ र डीप लर्निङ जस्ता आर्टिफिसियल इन्टेलिजेन्स र एपाचे स्पार्क र हाडुप जस्ता टुल
इथिकल ह्याकिङ र पेनिट्रेसन टेस्टिङ
एसक्युएल, एक्सेल, मोन्गोडीबी जस्ता डेटा एनालिस्ट र डेटाबेस टुल
एसक्युएल जस्ता डेटा एड्मिनिस्ट्रेसन सीप
अध्ययनपछिको अवसर
दुवै कोर्स पढ्नेले भविष्यमा निकै राम्रो गर्न सक्छन् । कतिपय ठाउँमा उत्तीर्ण विद्यार्थीले दुवै विषयको काम पनि गर्न सक्छन् । यी कोर्सको सम्भावनाको दायरा नेपालमा मात्र नभएर विदेशमा पनि उत्तिकै छ । यसकारण यो कोर्स उत्तीर्ण विद्यार्थीले विदेशमा गएर समेत काम गर्न सक्छन् ।
बीएससी कम्प्युटर साइन्स
-डेटाबेस एड्मिनिस्ट्रेटर
-डेटा वैज्ञानिक-
सिस्टम एनालिस्ट
-सफ्टवेयर डेभलपर
-वेब डेभलपर
-सफ्टवेयर क्वालिटी एस्योरेन्स
-कम्प्युटर प्रोग्रामर आदि
बीआईटी
-सफ्टवेयर तथा वेब डेभेलपर
-मोबाइल एप डेभलपर
-सफ्टवेयर इन्जिनियर
-सूचना प्रविधि विशेषज्ञ
-सूचना प्रविधि परामर्शदाता
-क्लाउड आर्किटेक्ट
-डेटा इन्जिनियर
-डेटाबेस एड्मिनिस्ट्रेसन आदि ।
भर्ना
कम्प्युटर साइन्समा भर्ना हुन रसायनशास्त्र (केमेस्ट्री) अथवा जीव विज्ञान (बायोलोजी) लिएका विद्यार्थी भर्ना हुन सक्छन् । तर विद्यार्थीले हरेक विषयमा कम्तिमा ५० प्रतिशत अङ्क भने ल्याएको हुनुपर्दछ । बीआईटी पढ्न भने विज्ञान पृष्ठभूमि अनिवार्य छैन ।
माध्यमिक तह (कक्षा ११ र १२) मा १०० पूर्णाङ्कको अंग्रेजी र गणित विषय लिएर ती दुवै विषयमा ‘सी’ ग्रेडसम्म ल्याउने विद्यार्थीले पनि यो विषय पढ्न पाउँछन् । बीआईटीमा भने माध्यमिक तहमा जुनै विषय पढे पनि विद्यार्थीहरू भर्ना हुन सक्छन् । तर सय पूर्णाङ्कको गणित विषय लिएको हुनुपर्नेछ । साथै यी कोर्समा भर्ना हुन विश्वविद्यालयले लिने प्रवेश परीक्षामा उत्तीर्ण गरेको हुनुपर्छ ।
शुल्क, कोटा र छात्रवृत्ति
केयूमा कम्प्युटर साइन्सको शुल्क साढे आठ लाख रुपैयाँ र विद्यार्थी कोटा ६० तोकिएको छ । यता पूर्वाञ्चल विश्वविद्यालयले भने बीआईटीमा न्यूनतम ४० कोटा निर्धारण गरेको छ । आङ्गिक कलेजहरूमा यस विषयको शुल्क तीन लाख रुपैयाँ र निजी कलेजहरूमा भने शुल्क भिन्नभिन्न छ । त्यस्तै विश्वविद्यालयहरूले लिने प्रवेश परीक्षाको नतिजाका आधारमा विद्यार्थीहरूले छात्रवृत्ति पाउँछन् ।
कोर्सहरूको पाठ्यक्रम
सेमेस्टर
बीएससी कम्प्युटर साइन्स
बीआईटी
पहिलो
क्यालकुलस एन्ड लिनियर अल्जेब्रा
जेनेरल फिजिक्स १
कम्प्युटर प्रोग्रामिङ
इलिमेन्टस् अफ इन्जिनियरिङ १
जेनेरल केमेस्ट्री
इन्जिनियरिङ ड्रइङ्ग १
वर्कशप टेक्नोलोजी
फण्डामेन्टल्स अफ इन्फर्मेसन टेक्नोलोजी
म्याथम्याटिक्स १
टेक्निकल कम्युनिकेसन
सोसाइटी एन्ड एथिक्स इन आईटी
कम्प्युटर प्रोग्रामिङ इन सी
प्रोजेक्ट १
दोस्रो
एड्भान्स्ड क्यालकुलस
जेनेरल फिजिक्स २
अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ
इलिमेन्टस् अफ इन्जिनियरिङ २
टेक्निकल कम्युनिकेसन
इन्ट्रोडक्सन टु इन्भाइरोमेन्टल इन्जिनियरिङ
इन्जिनियरिङ ड्रइङ्ग २
इन्जिनियरिङ प्रोजेक्ट
म्याम्याटिक्स २
डिजिटल लजिक
डिस्क्रेट स्ट्रकचर
अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ इन सी ++
फाइनान्सियल म्यानेजमेन्ट एन्ड अकाउन्टिङ
प्रोजेक्ट२
तेस्रो
स्टाटिस्टिक एन्ड प्रोब्याब्लिटी
डिस्क्रेट म्याथम्याटिक्स/स्ट्रकचर
डिजिटल लाेजिक
इलेक्ट्रोनिक्स इन्जिनियरिङ १
डेटा स्ट्रकचर एन्ड एल्गोरिदम
कम्प्युटर प्रोजेक्ट १
डिजिटल इलेक्ट्रोनिक्स ल्याब्रोटरी वर्क
न्यूमेरिकल मेथोड
माइक्रोकन्ट्रोलर
डेटा स्ट्रकचर एन्ड एल्गोरिदम
कम्प्युटर नेटवर्क एन्ड डेटा कम्युनिकेसन
सिस्टम एनालिस्ट एन्ड डिजाइन
प्रोजेक्ट ३
चौंथाे
डिफ्रेन्सियल इक्विएसन एन्ड कम्प्लेक्स भेरियबल
न्यूमेरिकल मेथोड
डेटा कम्युनिकेसन एन्ड नेटवर्किङ
माइक्रोप्रोसेर एन्ड एसेम्ब्ली ल्याङ्ग्वेज
डेटाबेस म्यानेजमेन्ट सिस्टम
कम्प्युटर प्रोजेक्ट २
प्रोब्याबिलिटी एन्ड स्टाटिस्टिक्स
कम्प्युटर अर्गनाइजेसन एन्ड आर्किटेक्चर
अपेरेटिङ सिस्टम
डेटाबेस म्यानेजमेन्ट सिस्टम
प्रोग्रामिङ इन जाभा
प्रोजेक्ट ४
पाँचौँ
कम्प्युटेसनल अपरेसन रिसर्च
इन्जिनियरिङ इकोनमिक्स
अपेरेटिङ सिस्टम
कम्प्युटर आर्किटेक्चर एन्ड अर्गनाइजेसन
थ्यौरी अफ कम्प्युटेसन
कम्प्युटर ग्राफिक्स
कम्बाइन्ड कम्युटर प्रोजेक्ट
रिसर्च मेथोडोलोजी
कम्प्युटर ग्राफिक्स
क्रिप्टोग्राफी एन्ड नेटवर्क सेक्युरिटी
वेब टेक्नोलोजी
आईओटी
प्रोजेक्ट ५
छैटौँ
इन्फर्मेसन सिस्टम इथिक्स
सिस्टम एनालिसिस एन्ड डिजाइन
कम्पाइलर डिजाइन
एल्गोरिदम एन्ड कम्प्लेक्सिटी
ग्राफ थ्यौरी
ह्युमन कम्प्युटर इन्टरएक्सन
कम्बाइन्ड कम्प्युटर प्रोजेक्ट
आर्टिफिसियल इन्टेलिजेन्स
म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम
डेटा वेयरवाउजिङ एन्ड डेटा माइनिङ
सिमुलेसन एन्ड मोडेलिङ
सफ्टवेयर इन्जिनियरिङ
प्रोजेक्ट ६
सातौँ
इन्जिनियरिङ म्यानेजमेन्ट
सफ्टवेयर इन्जिनियरिङ
आर्टिफिसियल इन्टेलिजेन्स
-इलेक्टिभ १
-इलेक्टिभ २
नेटवर्क प्रोग्रामिङ
डिजिटल गर्भनेन्स
स्पेसलाइजेसन १
स्पेसलाइजेसन २
इन्टर्नसीप
आठौँ
इन्जिनियरिङ इन्टरप्रेनरसिप
सफ्टवेयर डिपेन्डेबिलिटी
इन्टर्नशिप
प्रिन्सिपल अफ म्यानेजमेन्ट एन्ड एन्टरप्रनरसीप इन आईटी
डिस्ट्रिब्युटेड एन्ड क्लाउड कम्प्युटिङ
स्पेसलाइजेसन ३
स्पेसाइजेसन ४
अप्रेन्टिस प्रोजेक्ट
कहाँ कहाँ हुन्छ पढाइ ?
काठमाडौं विश्वविद्यालय
पूर्वाञ्चल विश्वविद्यालय
-स्कुल अफ साइन्स, धुलिखेल
-स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी मोरङ
-हिमालयन इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी काठमाडौं
-जनकपुर कम्युनिटी कलेज, जनकपुर
-किस्ट कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, काठमाडौं
-कान्तिपुर सिटी कलेज, काठमाडौं
-हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज, काठमाडौं
-कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ (सीआईटीई) काठमाडौं