close

मध्यपश्चिम विश्वविद्यालयलाई डिजिटल विश्वविद्यालय बनाउन सञ्चालित परियोजना सम्पन्न

टेकपाना टेकपाना

भदौ २, २०८० १०:०

मध्यपश्चिम विश्वविद्यालयलाई डिजिटल विश्वविद्यालय बनाउन सञ्चालित परियोजना सम्पन्न

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयलाई डिजिटल विश्वविद्यालय बनाउन सञ्चालन गरिएका विभिन्न परियोजना सम्पन्न भएका छन् । विश्वविद्यालयलाई यसका लागि आवश्यक पर्ने डेभलपमेन्ट अफ इन्टरप्राइज रिसोर्स प्लानिङ सिस्टम (ईआरपीएस), एजुकेसन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (ईएमआईएस), लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस), ३५ वेबसाइट र मोबाइल एप निर्माण गर्ने काम सम्पन्न भएको हो ।

मिटिङ पोइन्ट प्राइभेट लिमिटेडले विश्वविद्यालयका लागि यी परियोजनामा काम गरेको थियो । कम्पनीले बिहीबार एक कार्यक्रमबीच विश्वविद्यालयलाई यी परियोजनाहरू हस्तान्तरण समेत गरिसकेको छ ।

योसँगै दक्षिण एसियाकै पहिलो पूर्ण डिजिटल तथा कागजरहित विश्वविद्यालय हुनेतर्फ अघि बढेकाे मध्यपश्चिम विश्वविद्यालयले जनाएकाे छ । साथै यी प्रणालीहरू कार्यान्वयन भए विश्वविद्यालय प्रविधिमैत्री हुने, विश्वविद्यालयमा भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको पूर्ण अवलम्बन हुने र हरेक गतिविधिहरू पारदर्शी, चुस्तदुरुस्त र प्रभावकारी ढंगले अगाडि बढ्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८० १०:०