काठमाडौं । डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ लाई लक्षित गर्दै 'विकेट टु विन' अफर ल्याएको छ ।
भदौ ८ देखि भदौ १२ सम्म पाँच दिन चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा 'ASIACUP' प्रोमो कोड प्रयोग गरी रु. १५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै यस अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निःशुल्क सब्सक्रिप्सन पनि जित्नसक्ने कम्पनीले जनाएको छ ।
यो अफरले क्रिकेटप्रेमी दर्शकको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पेका सीईओ प्रवीण रेग्मीले बताए ।