close

जनार्दन शर्माको फेसबुक पेज ह्याक

टेकपाना टेकपाना

भदौ ९, २०८० १३:५९

जनार्दन शर्माको फेसबुक पेज ह्याक

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर'को फेसबुक पेज ह्याक भएको छ । शर्माले शुक्रबार फेसबुकमा एक पोस्ट राख्दै आफ्नो फेसबुक पेज ह्याक भएको जानकारी दिएका हुन् ।

“मेरो फेसबुक पेज जनार्दन शर्मा ‘प्रभाकर’ (Janardan Sharma 'prabhakar') केही दिनदेखि ह्याक भएको छ,” शर्माले लेखेका छन्, “ह्याकरद्वारा पेजमा असान्दर्भिक /अनाधिकृत पोष्ट हुन थालेका छन् । यसमा सचेत हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु ।”

पेज पुन: आफ्नो स्वामित्वमा ल्याउन प्राविधिक टोली प्रयासरत रहेको शर्माको भनाइ छ ।

सन् २०१३ मा खोलिएको सो पेजलाई चार लाख बढीले फलाे गरेका छन् । पेज ट्रान्सपरेन्सीमा अकाउन्ट कुन देशका प्रयोगकर्ताको पहुँचमा छ भन्ने कुरा हाइड गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ९, २०८० १५:२०