close

अन्ततः समाधान भयो वर्ल्डलिङ्कको इन्टरनेटमा आएको समस्या

टेकपाना टेकपाना

भदौ ११, २०८० १९:१०

अन्ततः समाधान भयो वर्ल्डलिङ्कको इन्टरनेटमा आएको समस्या

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवामा देखिको समस्या समाधान भएको छ । बिहीवार रातिदेखि पिक आवरको समयमा कम्पनीको इन्टरनेट स्पिड निकै स्लो हुने समस्या आएको थियो । 

टेकपानासँग कुरा गर्दै कम्पनीका एक प्रतिनिधिले समस्या सोमवार बिहान समाधान भइसकेको बताए । “इन्टरनेट स्लो भएको समस्या समाधान भइसकेको छ,” उनले भने, “हामीले जुन अन्तर्राष्ट्रिय कम्पनीबाट ब्यान्डविथ खरिद गर्छौं, त्यो कम्पनीको दुई ओटा फाइबर केबुल काटिएकाले यस्तो समस्या आएको थियो । उता समस्या समाधान हुने बित्तिकै यता पनि स्वतः समस्या समाधान भएको हो ।”

बिहीवार राति इन्टरनेट स्लो हुने समस्या आएपछि प्रयोगकर्ताले सामाजिक सञ्जाल माध्यमहरूमा पछिल्लो समय गुनासो पोख्दै आएका थिए । केही प्रयोगकर्ताको इन्टरनेटमा आएको समस्या आइतवारदेखि नै समाधान भएको र बाँकीको सोमवार बिहानसम्म समाधान भइसकेको उनले सुनाए ।

 

पछिल्लो अध्यावधिक: भदौ १२, २०८० ९:५५