close

देशभर थप ५०० ओटा चार्जिङ स्टेसन निर्माण गर्दैछौंः घिसिङ

टेकपाना टेकपाना

भदौ २०, २०८० १६:८

देशभर थप ५०० ओटा चार्जिङ स्टेसन निर्माण गर्दैछौंः घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर ५०० चार्जिङ स्टेसन थप गर्ने भएको छ । बुधवार काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसन उद्घाटन समारोहमा बोल्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो याेजना ल्याएकाे सुनाए । 

उद्घाटन समारोहमा घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न देशैभर चार्जिङ स्टेसन निर्माणकाे याेजना ल्याएकाे बताए ।विद्युतीय सवारी इन्जिनयुक्त गाडीभन्दा १५-२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने धारणा राखे । 

आन्तरिक रूपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकास गर्न विद्युत प्राधिकरण चार्जिङ स्टेसन निर्माणमा सक्रिय भएर लागेकाे उनले बताए ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८० १६:८