close

इलेक्ट्रिक प्लेटफर्ममा बनेको एमजीको पहिलो ईभी नेपालमा, मूल्य साढे ४१ लाख

टेकपाना टेकपाना

भदौ २४, २०८० १५:११

इलेक्ट्रिक प्लेटफर्ममा बनेको एमजीको पहिलो ईभी नेपालमा, मूल्य साढे ४१ लाख

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सले नेपाली बजारमा आफ्नो नयाँ विद्युतीय  गाडी एमजी फोर ईभी सार्वजनिक गरेको छ । आइतवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै नेपालका लागि कम्पनीको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभी सार्वजनिक गरेको हो । 

कम्पनीले यो मोडेलको सुरुवाती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ राखेको छ । इलेक्ट्रिक प्लेटफर्ममा बनेको कम्पनीको पहिलो इलेक्ट्रिक कार हो, एमजी फोर ईभी । नेपालमा यो मोडेल विभिन्न दुई भेरियन्टमा उपलब्ध भएको छ; एउटा कम्फर्ट र अर्को लक्जरी । 

कम्फर्ट भेरियन्टको रेन्ज ३२० किलोमिटर छ । यसमा ५१ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ । ९९ किलोवाट क्षमताको मोटर रहेको यो गाडीको मूल्य कम्पनीले ४१ लाख ४९ हजार रुपैयाँ तोकेको छ । 

त्यस्तै लक्जरी भेरियन्टको एमजी फोर ईभीको रेञ्ज ४३५ किलोमिटर रहेको कम्पनीको दाबी छ । यसमा ६४ किलोवाट आवर क्षमताको ब्याट्री र १५० किलोवाट क्षमताको मोटर राखिएको छ । कम्पनीले यो भेरियन्टको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । 

यो मोडेलको लम्बाइ ४२८७ एमएम, चौडाइ १८३६ एमएम र उचाइ १५०४ एमएम रहेको छ । त्यस्तै एमजी फोर ईभीको ह्विलबेस २७०५ एमएम छ । 

कम्पनीका अनुसार शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पिड तय गर्न यो गाडीले ८.५ सेकेन्ड लगाउँछ । २५० एनएम उच्चतम टर्क रहेको यो गाडीमा सात किलोवाट क्षमताको अन बोर्ड चार्जर दिइएको छ । कम्पनीका अनुसार यसको उच्चतम स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । 

यो गाडीमा एबीएस र ईबीडी ब्रेकिङ सिस्टम, फ्रन्ट साइड एयरब्याग, फ्रन्ट डुअल एयरब्याग, फ्रन्ट प्यासेन्जर एयरब्याग डिएक्टिभेसन स्विच, टायर प्रेसर मनिटरिङ- टीपीएमएस सिस्टम, ईएसपी, हिल लन्च असिस्ट, ईबीए, ड्राइभर्स सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरू रहेका छन् ।

क्लाइमेट कन्ट्रोल, मोबाइल फोन ब्लुटुथ कि, १७ इन्चको फुल डिजिटल ड्राइभर इन्फरमेसन डिस्प्ले अटो,  भेहिकल टु लोड चार्जिङ जस्ता सुविधा पनि यसमा पाउन सकिनेछ । यसमा चार ओटा स्पिकर अडियो सिस्टम, छ ओटा स्पिकर अडियो सिस्टम विथ थ्रीडी साउन्ड, डीएबी प्लस रेडियो, १०.२५ इन्च फ्लोटिङ कलर टचस्क्रिन, दुई ओटा यूएसबी पोर्ट, एप्पल कार प्ले, एन्डोइड अटो जस्ता फिचरहरू समावेश छन् । लक्जरी भेरियन्टमा ३६० डिग्री पार्किङ क्यामेरा र वायरलेस मोबाइल फोन चार्जरको सुविधा छ भने कम्फर्ट भर्सनमा यी दुवै सुविधा राखिएका छैनन् ।  

 

पछिल्लो अध्यावधिक: भदौ २६, २०८० १२:२४