close

नेपाली बजारमा आयो ‘बीवाईडी डल्फिन’, मूल्य ३९ लाख ८० हजार

टेकपाना टेकपाना

भदौ २५, २०८० १६:१९

नेपाली बजारमा आयो ‘बीवाईडी डल्फिन’, मूल्य ३९ लाख ८० हजार

काठमाडौं । नेपाली बजारमा नयाँ विद्युतीय गाडी  ‘बीवाईडी डल्फिन’  सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले याे गाडी सार्वजनिक गरेको हो । 

४२९० एमएम लम्बाइ, १७७० एमएम चौडाइ र १५७० एमएम उचाइ रहेको वीबाईडी डल्फिनको ह्विलबेस २७७० एमएम रहेको छ । यसमा ७० किलोवाट क्षमताको ब्याट्री दिइएको छ ।

इलेक्ट्रिक प्लेटफर्म ३.० मा निर्माण गरिएको यो गाडीमा ब्लेड ब्याट्री प्रविधि राखिएको छ । ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री भएको यो गाडीले एक पटकको चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यसको टर्क १६० एनएम रहेको छ । कम्पनीका अनुसार बीवाईडी डल्फिनलाई ५० मिनेटमा शून्यदेखि ६० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा चार ओटा ड्राइभिङ मोड दिइएको छ । 

कम्पनीका अनुसार यसमा ३४५ लिटरदेखि १३१० लिटरसम्म बुटस्पेस छ । १२.८ इन्च एडप्टिभ रोटेटिभ मल्टिमिडिया कारप्याड छ । त्यसैगरी यसमा ३६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम पनि दिइएको छ ।

टायर प्रेसर मनिटरिङ सिस्टम (टीपीएमएस), ब्लुटुथ स्पिकर डिर्‍याक (DIRAC) अडियो, एनएफसी कार्ड की, पीएम २.५ एयर फिल्टर, ट्रयाक्सन कन्ट्रोल सिस्टम बीवाईडी डल्फिनका अन्य आकर्षक विशेषता हुन् ।

गाडीको अगाडिपट्टि भेन्टिलेटेड डिस्कब्रेक राखिएको छ भने पछाडि डिस्क ब्रेक राखिएको छ । गाडीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा कुदाउन १२.३ सेकेन्ड लाग्ने कम्पनीको दाबी छ ।

नेपाली बजारमा यो गाडी माल्दिभ पर्पल (Maldive Purple), कोरल पिङ्क (Coral PInk), अर्वान ग्रे (Urban Grey) र स्यान्ड ह्वाइट (Sand White) कलर भेरियन्टमा खरिद गर्न सकिनेछ ।

यसका विभिन्न पाटपूर्जामा आठ वर्ष वा एक लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले जनाएको छ ।

गाडीको सुरुवाती मूल्य नेपाली बजारमा ३९ लाख ८० हजार तोकिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८० १७:४९