काठमाडौं । अब ह्वाट्सएपमा थर्ड पार्टी मेसेजिङ सेवा सपोर्ट हुने भएको छ । युरोपेली संघको डिजिटल बजार ऐन (डीएमए) कार्यान्वयन हुने भएसँगै ह्वाट्सएपमा यस्तो सेवा थपिने भएको हो ।
प्रमुख मेसेजिङ एपहरूलाई नियमन गर्ने युरोपेली संघको योजना अनुरुप यो नियम ल्याउन लागिएको हो । यससँगै प्रयोगकर्ताहरूले एउटै मेसेजिङ एप प्रयोग नगरे पनि विभिन्न च्याट एपहरूमा मेसेज पठाउन/पाउन सक्छन् ।
यदि यो नियम कार्यान्वयन भए ह्वाट्सएपमा एप्पलको आईमेसेजबाट समेत मेसेज पठाउन/पाउन सकिन्छ । संघको यही नियम अनुसार चल्नका लागि ह्वाट्सएपले थर्ड पार्टी एप सपोर्ट गर्न काम गरिरहेको बताइन्छ । यद्यपि यसले कसरी काम गर्छ, इन्क्रिप्सनमा कतिको असर पर्छ जस्ता विषयहरू भने उठिरहेका छन् ।