काठमाडौं । नोकिया मोबाइल निर्माण गर्दै आएको एचएमडी ग्लोबलले अब आफ्नै ब्रान्डमा स्मार्टफोन ल्याउने भएको छ । एचएमडीले नोकिया फोनहरूसँगै आफ्नै ब्रान्डका मोबाइल डिभाइस उत्पादन गर्ने योजना ल्याएको हो ।
कम्पनीका सहसंस्थापक एवं अध्यक्ष जिन फ्रान्सियस बेरिलले लिङ्कडिनमा समाचार शेयर गर्दै यसबारे जानकारी दिएका छन् । नोकिया ब्रान्डका स्मार्टफोनले बजारमा प्रभाव जमाउन नसकेका बेला एचएमडी आफ्नै ब्रान्डमा स्मार्टफोन ल्याउन कस्सिएको हो ।
कहिलेसम्म स्मार्टफोन ल्याउने भन्ने विषयमा भने कम्पनीले केही खुलाएको छैन । तर उत्पादन हुने डिभाइसहरू दिगोपना र किफायती हुने बताइएको छ । कम्पनीले बजेट फोनदेखि मिड रेन्ज सेगमेन्टका फोन ल्याउने चर्चा छ ।