close

यस्तो छ आकर्षक फिचर भएको टीभीएसको बिजुली स्कुटर, मूल्य ४  लाख ३० हजार मात्र

टेकपाना टेकपाना

भदौ २७, २०८० २०:४५

यस्तो छ आकर्षक फिचर भएको टीभीएसको बिजुली स्कुटर, मूल्य ४  लाख ३० हजार मात्र

काठमाडौं । टीभीएसको प्रिमियम विद्युतीय स्कुटर टीभीएस आईक्युब नेपाली बजारमा सार्वजनिक भएको छ । राजधानीमा जारी नाडा अटो शोका क्रममा नेपालका लागि कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले उक्त स्कुटर सार्वजनिक गरेको हो । 

कम्पनीले आईक्युब स्कुटरलाई क्लास–लिडिङ पर्फर्मेन्स, आरामदायी, निर्माणमा गुणस्तरीय र सुरक्षामा भरपर्दो भएको उल्लेख गरेको छ ।  टीभीएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा विगत १० वर्षदेखि लगानी गर्दै आएको छ ।

यससँगै नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन (स्कुटर) सार्वजनिक गर्नेमा टीभीएस पहिलो भारतीय सवारी निर्माता कम्पनी भएको छ । नेपाली बजारमा स्थापित टीभीएसले विद्युतीय स्कुटर ल्याएर विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई सम्बोधन गर्न खोजेको छ । 

भारतीय बजारमा एक लाख ५० भन्दा बढी बिक्री भइसकेको यो स्कुटरमा समसामयिक किसिमको देखावट र उत्कृष्ट निर्माण गुणस्तर रहेको छ । ग्राहकले पाँच आकर्षक कलर भेरियन्ट विकल्पमा यो स्कुटर पाउन सक्छन् । 

आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्प डिजाइन गरिएका छन् । सहज फाइभ-वे जोइस्टिकको साथमा स्कुटरको अगाडि भागमा सात इन्चको टीएफटी क्लस्टर दिइएको छ । जसमा अन्तरक्रिया, म्युजिक कन्ट्रोल, थिम पर्सनलाइजेसन लगायतका सुविधा रहेका छन् । 

सिटको मुनी ३२ लिटरको स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्ने ठानिएको छ । साथै यूएसबी चार्जिङ पोर्ट, लामो र चौडा सिट जस्ता विशेषताले यो स्कुटरलाई व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि व्यवहारिक बनाएको छ । 

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटर राखिएको  टीभीएस आईक्युबले ७८ किमि प्रतिघण्टाको अधिकतम गति दिनुका साथै ४.२ सेकेन्डमा शून्यबाट ४ ० किमि प्रतिघण्टासम्म एक्सिलेरेसन दिने बताइएको छ ।

यसमा ३.४ किलोवाट आवर क्षमताको उन्नत प्रविधिमा आधारित लिथियम आयन रसायनका दुई ब्याट्री प्याक  रहेका छन् । यो एक इन्टेलिजेन्ट इन–हाउस बीएमएस (ब्याट्री व्यवस्थापन प्रणाली) को साथमा आउँछ । जसले एक पटकको चार्जमा  १०० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । 

४.५ घन्टामा शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न हुने टीभीएस आईक्युबमा ६५० वाटको पोर्टेबल क्यारी चार्जर पनि पाउन सकिन्छ । जसबाट कुनै पनि पाँच एम्पियरको  घरेलु सकेटमा प्रयोग गर्न सकिन्छ । 

यसमा पावर र ई गरी दुई ओटा मोड दिइएका छन् । जसले राइडरलाई  रेन्ज अथवा पर्फर्मेन्स रोज्ने विकल्प दिन्छ । पछाडितर्फ हाइड्रोलिक ट्विन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सन राखिएको छ । जसले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायी अनुभव दिने बताइएको छ । 

टीभीएस आईक्युबमा नयाँ प्रविधि र स्मार्ट फिचर पाउन सकिन्छ । जसमा टीभीएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा आधारित नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ, क्र्याश फल अलर्ट जस्ता फिचर रहेका छन् ।

कुनै पनि स्मार्ट फोनलाई टीभीएस आईक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्रीको स्थिति र अन्य अवस्था चेकजाँच गर्नुका साथै  म्युजिक कन्ट्रोल समेत गर्न सकिन्छ ।

एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस असिस्टको समेत प्रयोग गर्न सकिने यो स्कुटरको ड्यासबोर्डमा सर्भिस अलर्ट समेत आउँछ । स्कुटरमा आगमन कल र एसएमएस अलर्टका साथै सामाजिक सञ्जाल एपका नोटिफिकेसन समेत प्राप्त गर्न सकिन्छ । 

यो स्कुटर सुरुवाति एक हजार ग्राहकले चार लाख २९ हजार ९०० रुपैयाँ मूल्यमै खरिद गर्न सक्नेछन् । नाडा अटो शोमा रहेको टीभीएसको स्टल नम्बर जे ११ मा गएर यसको बारेमा थप जानकारी लिन सकिनेछ । साथै यहाँ क्लिक गरेर टीभीएस नेपालको वेबसाइट तथा काठमाडौंमा रहेका टीभीएसका छ ओटा डिलरमा समेत सम्पर्क गर्न सकिनेछ ।

 

टीभीएस आईक्युबका मुख्य फिचरः

  • ४.६ किलोवाटको पिकपावर, १४० एनएमको टर्क 

  • ३.३४ किलोवाटको रेटेड पावर

  • ७८ किमि प्रति घण्टाको टप स्पिड

  • ४.२ सेकेन्डमा ०–४० किमि प्रति घण्टाको एक्सिलेरेसन

  • १०० किलोमिटरको रेन्ज

  • रिभर्स तथा फर्वाड पार्किङ असिस्ट

  • फाइभ वे जोइस्टिकसँगै ७ इन्चको टीएफटी क्लस्टर

  • म्युजिक प्लेयर कन्ट्रोल

  • नाइट मोड

  • स्मार्ट हेल्मेट कनेक्टिभिटी

  • आगमनकल तथा एसएमएस अलर्ट

  • क्लस्टरमा कागजात स्टोरेज गर्न मिल्ने

  • ३२ लिटरको अन्डर सिट स्टोरेज

  • १० डिग्रीको ग्रेडेबिलिटी

पछिल्लो अध्यावधिक: भदौ २७, २०८० २०:४६