काठमाडौं । नेपाली बजारमा अनर ब्रान्डका दुई स्मार्टफोन सार्वजनिक भएका छन् । अनरका लागि नेपालको आधिकारिक वितरक सेल्ट्रोन नेपालले मङ्गलबार एक्स सिरिज अन्तर्गत एक्स फाइभ प्लस र एक्स सिक्स ए सार्वजनिक गरेको हो ।
९० हर्ज रिफ्रेस रेट भएको अनर एक्स फाइभ प्लसमा ६.५६ इन्च टीएफटी एलसीडी डिस्प्ले रहेको छ । १२ एनएम आर्किटेक्चरमा आधारित मिडिया टेक हेलियो जी३६ (MediaTek Helio G36) प्रोसेसरद्वारा सञ्चालित, एक्स फाइभ प्लसले प्रयोगकर्तालाई मल्टिटास्किङ गर्न सघाउने कम्पनीले उल्लेख गरेको छ ।
२.२ गिगाहर्ज कोर्टेक्स-ए५३ सीपीयू (2.2GHz Cortex-A53 CPU) र पावर भीआर जीई ८३२० जीपीयू (PowerVR GE8320 GPU) को सहायताले प्रयोगकर्ताले स्तरीय अनलाइन गेम खेल्न सक्ने बताइएको छ ।
यसमा ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको छ । क्यामेराको सन्दर्भमा अनर एक्स फाइभ प्लसमा ५० मेगापिक्सेलको मुख्य, दुई मेगापिक्सेलको डेप्थ र पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छ ।
यो फोनबाट प्रयोगकर्ताले पाेट्रेट मोड, एसचीआर, पानोरमा, फिल्टरहरू जस्ता फोटोग्राफिक सुविधा प्रयोग गर्न सक्नेछन् ।
५२०० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनलाई चार्ज गर्न कम्पनीले १० वाटको चार्जर उपलब्ध गराएको छ ।
एक्स फाइभ प्लस एन्ड्रोइड १३ ओएस र म्याजिक ओएस ७.१ मा आधारित छ । कम्पनीले यो मोडेलको मूल्य १५ हजार ४९० रुपैयाँ तोकेको छ ।
कस्तो छ अनर सिक्स ए ?
९० हर्ज रिफ्रेस रेट भएको अनर सिक्स एमा ६.५६ इन्चको एलसीडी डिस्प्ले रहेको छ । याे फाेन १२ एनएम मिडिया हेलियो जी३६ प्रोसेसरद्वारा सञ्चालित छ ।
सीपीयूको सन्दर्भमा यो फोनमा २.२ गिगाहर्ज सीपीयू र पावर भीआर जीई ८३२० जीपीयू रहेको छ । सिमलेस मल्टिटास्किङका लागि ४ जीबी र्याम र एप, फोटो, भिडिओ तथा फाइल राख्नका लागि १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।
क्यामेराका सन्दर्भमा यो फोनको पछाडिको भागमा ट्रिपल क्यामेरा सेटअप छ । ५० मेगापिक्सेलकको मुख्य, २ मेगापिक्सेलको डेप्थ र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर रहेको छ ।
यसबाट पनि प्रयोगकर्ताले पाेट्रेट मोड, एचडीआर जस्ता फिचर प्रयोग गरी फोटो खिच्न सक्नेछन् । सेल्फी पारखीका लागि ५ मेगापिक्सेलको क्यामेरा छ ।
यसमा ५२०० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसलाई चार्ज गर्न २२.५ वाट क्षमताको चार्जर उपलब्ध गराइएको छ । फोनमा प्रयोगकर्ताले बायोमेट्रिक सुरक्षा विकल्पहरूमा साइड फिङ्गरप्रिन्ट अनलक र फेस अनलक सुविधा पाउँछन् ।
यो फोन एन्ड्रोइड १३ र म्याजिक ओएस ७.१ मा आधारित छ ।
नेपाली बजारमा यो फोनको मूल्य १७ हजार ४९० रुपैयाँ तोकिएको छ ।
अनर एक्स सिक्स ए वा अनर एक्स फाइभ प्लस खरिद गर्ने प्रयोगकर्ताले लक्की ड्र मार्फत अनर एयरबड्स एक्स फाइभ जित्ने मोका पाउनेछन् । लक्की ड्रमा सहभागी हुन ग्राहकहरूले वारेन्टी कार्डमा भएको क्यूआर कोड स्क्यान गरी फारम भर्नुपर्नेछ ।
यो फोन प्रयोगकर्ताले खल्ती, दराज वा अनरको रिटेल पसलहरूबाट खरिद गर्न सक्नेछन् ।