close

यूएसबी-सीले एन्ड्रोइड र आईफोन १५ लाई आपसमा जोड्दा यस्तो भयो

टेकपाना टेकपाना

असोज ४, २०८० १९:३८

यूएसबी-सीले एन्ड्रोइड र आईफोन १५ लाई आपसमा जोड्दा यस्तो भयो

काठमाडौं । एप्पलले आईफोन १५ सिरिजमा यूएसबी राखेसँगै त्यसलाई एन्ड्रोइड फोनसँग कनेक्ट गर्दा के हुन्छ होला ? यो रहस्यको पर्दा खुलेको छ । यूएसबी सी पोर्टमार्फत नयाँ आईफोनसँग कनेक्ट गर्न सकिने डिभाइसहरूको अनौपचारिक सूचीमा एन्ड्रोइड फोन समेत परेका छन् ।

आईफोन १५ आइपुग्ने र त्यसलाई आफैं परीक्षण गर्ने प्रतीक्षा गरिरहँदा पेटापिक्सेलका व्यक्तिहरूले आईफोन १५ सँग एन्ड्रोइड फोन जोड्दा के हुन्छ भन्ने कुरा देखाउने प्रयास गरेका छन् ।

उक्त सञ्चार माध्यमले युट्युब शर्ट्समा पोस्ट गरेको एक भिडिओमा एक अर्कोसँग यूएसबी सीबाट यूएसबीले जोड्दा आईफोन र एन्ड्रोइड फोनले केकस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुरा देख्न सकिन्छ ।

कनेक्ट भए लगत्तै एन्ड्रोइड फोनले आईफोन १५ बाट पावर खिच्न थाल्छ र ब्याट्री चार्ज हुन सुरु गर्छ । आईफोनको ब्याट्रीले भने तुरुन्तै त्यस्तो केही गर्दैन ।

यद्यपि दुवै एक आपसमा कनेक्ट हुँदा आईफोन १५ मा पावर खिच्न थाल्छ र एन्ड्रोइड फोनबाट चार्ज हुन थाल्छ । हालका लागि दुई डिभाइसबीचको कनेक्सनले अनियमित किसिमको व्यवहार देखाउँछ, खासगरी चार्जिङको सन्दर्भमा ।

प्रस्तोताहरूले यूएसबी सी कनेक्सनको माध्यमबाट एन्ड्रोइड फोनमा रहेका फाइल आईफोन १५ मा शेयर गर्ने प्रयास समेत गरेका छन् । तर त्यसमा कुनै अनौठो देखिएन, उनीहरू फाइल शेयर गर्न असफल भए ।

अन्य तरिकाले पनि आईफोनबाट एन्ड्रोइडमा डेटा ट्रान्सफर गर्न सकिंदैन । आज देखि आईफोन १५ को बिक्री सुरु हुँदैछ । यस्ता अनेकौं प्रयोग तथा परीक्षण हुन बाँकी नै छन् ।

एप्पलका अनुसार आईफोन १५ र आईफोन १५ प्रोलाई म्याक, आईप्याड, एयरपड प्रो (सेकेन्ड जेनेरेसन), एक्स्टर्नल स्टोरेज डिभाइस, डिस्ले लगायतका थुप्रै डिभाइससँग कनेक्ट गर्न सकिन्छ । आईफोन १५ बाट एयरपड, एप्पल वाच र यूएसबी सीमार्फत ४.५ वाटसम्मको पावर डेलिभरी गर्ने अन्य डिभाइस समेत चार्ज गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज ४, २०८० १९:३८