close

तपाईँले किन्न लागेको आईफोन १५ सक्कली हो कि नक्कली ? यसरी पत्ता लगाउनुहोस्

टेकपाना टेकपाना

असोज ५, २०८० १६:५८

तपाईँले किन्न लागेको आईफोन १५ सक्कली हो कि नक्कली ? यसरी पत्ता लगाउनुहोस्

काठमाडौं । आईफोनका नयाँ माेडेल बजारमा आउँदा त्यसको नक्कली भेरियन्टको बिगबिगी पनि बढ्दै जान्छ । प्रायः प्रयोगकर्ताहरू राम्रै मूल्य तिरेर पनि ओरजिनल हो वा होइन भन्ने छुट्टयाउन नसक्दा नक्कली आईफोन खरिद गरिरहेका हुन्छन् । त्यही समस्या प्रयोगकर्ताले सामना गर्न नपरोस् भनेर एप्पलले आईफोन १५ मा फोन आधिकारिक भए/नभएको छुट्ट्याउने गोप्य तरिका समावेश उरेको छ ।

एप्पलले यसका लागि बक्समा अदृश्य वाटरमार्किङ सिस्टम राखेको छ । एक्समा मजिन बु नाम भएका लिकरले एक भिडिओ राख्दै उक्त सिस्टमले कसरी काम गर्छ भन्ने देखाएका छन् ।

भिडिओमा सबैभन्दा पहिले बक्समा कतै पनि क्यूआर कोड देखिंदैन । तर पछि अल्ट्रा भाइलेट (यूभी) लाइट बालेको खण्डमा बक्सको दुई भागमा क्यूआर कोड देखिन्छ । त्यही क्यूआर कोडको सहायताले प्रयोगकर्ताले डिभाइस आधिकारिक हो वा होइन भन्ने छुट्टयाउन सक्छन् ।

तर स्क्यामरले यस्तै वाटरमार्क अर्को बनाउन सक्ने जोखिम पनि उत्तिकै छ । तर यसमा भइको क्यूआर कोड बढी सुरक्षित मानिन्छ । किन भने यसमा सिस्टमले भेरिफाई गर्ने कोडहरू राखिएको हुन्छ । जसलाई स्क्यामरले कपी गर्न नसक्ने विश्लेषकहरूको भनाइ छ ।

आधिकारिक स्टोर वा ठूला रिटेलरबाट खरिद गर्दा प्रयोगकर्तालाई डिभाइस आधिकारिक हो वा होइन भन्नेमा त्यति जोखिम हुँदैन । तर फुटकर बजारमा सस्तो मूल्यमा पाइने आईफोन नक्कली हुने सम्भावना उच्च हुन्छ ।

आजदेखि विश्व बजारमा एप्पलको स्टोरबाट आधिकारिक रूपमा आईफोन १५ सिरिज बिक्रीका लागि खुलाइएको छ । आईफोन १५ खरिद गर्दा सिरियल नम्बर जाँच गरेर मात्र खरिद गर्दा उचित हुन्छ ।

विशेषगरी बजारमा उपलब्ध भएको केही समयमै आईफोन सोल्ड आउट हुने भएकाले प्रयोगकर्तालाई स्क्यामरले झुक्काउने सम्भावना उच्च हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज ५, २०८० १७:४०