close

चितवनमा टाटाको नयाँ शोरुम, सबै रेन्जका बिजुली गाडी राखिने

टेकपाना टेकपाना

असोज ७, २०८० १०:२८

चितवनमा टाटाको नयाँ शोरुम, सबै रेन्जका बिजुली गाडी राखिने

काठमाडौं । टाटा मोटर्सले चितवनको भरतपुरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ अन्तर्गत भरतपुरको आधिकारिक वितरक एसएच मोटर्सले शुक्रवारदेखि शोरुम सञ्चालनमा ल्याएको हो । 

साढे तीन हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा रहेको छ । त्यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरू उपलब्ध हुने बताइएको छ । 

शोरुम सञ्चालन ल्याएसँगै नेपालमा हालै भित्र्याइएको टाटा पन्च र टियागो नामक दुई नयाँ बिजुली गाडी बिक्री वितरण समेत भरतपुरबाट सुरु गरिएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सका लागि भरतपुर बजार महत्त्वपूर्ण रहेको भन्दै कम्पनीले उच्च स्तरीय शोरुम सञ्चालनमा ल्याइएको बताएको छ । साथै उक्त शोरुबाट पनि  कम्पनीका ग्राहकलाई उच्च सुविधा दिने र यसबाट भरतपुर क्षेत्रमा बिक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम थपिने कम्पनीको विश्वास छ ।



 

पछिल्लो अध्यावधिक: असोज ७, २०८० १०:२८