close

भक्तपुरमा एमजी मोटर्सको नयाँ शोरुम

टेकपाना टेकपाना

असोज १३, २०८० १८:३८

भक्तपुरमा एमजी मोटर्सको नयाँ शोरुम

काठमाडौं । एमजी मोटर्सको आधिकारिक नेपाली विक्रेता पारामाउन्ट मोटर्सले भक्तपुरमा दोस्रो शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले हालै भक्तपुरको गठ्ठाघरमा शोरुम विस्तार गरेकाे हाे ।

नयाँ शोरुमबाट पनि ग्राहकलाई एमजीका विभिन्न मोडेलहरूको अनुभव गर्न दिने र विज्ञ जनशक्तिबाट राय सुझाव दिने पारामाउन्टले जनाएको छ । नेपालभर १३ वटा आउटलेट सञ्चालनमा ल्याएको पारामउन्टले यो शोरुम ग्राहकहरूका लागि पहुँचयोग्य भएको बताएको छ ।

हाल कम्पनीले देशका विभिन्न ठाउँ गरी १९ ओटा चार्जिङ स्टेसन खोलेको छ । नेपालमा उपलब्ध एमजी मोटर्सका बिजुली गाडीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: असोज १३, २०८० १८:३८