काठमाडौं । दुई वा दुईभन्दा गुगल अकाउन्ट हुनु असामान्य होइन । तर तपाईंले ईमेल चेक गर्नका लागि भने एउटा अकाउन्ट साइन आउट गरेर अर्को अकाउन्ट साइन इन गरिरहनु भने पर्दैन । ईमेल, क्यालेन्डर र फोटो जस्ता डेटाहरू विभिन्न अकाउन्टहरूबीच शेयर गर्न सकिन्छ । साथै तपाईंले गुगल क्रोममा एकअर्को गर्दै विभिन्न अकाउन्ट साइन इन गरेर आफ्नो समय बचाउन सक्नु हुन्छ ।
विशेषगरी यदि तपाईं दुई वा दुईभन्दा बढी गुगल अकाउन्ट विभिन्न डिभाइसमा प्रयोग गर्नुहुन्छ भने यो तरिका उपयोगी हुन्छ । उदाहरणका लागि तपाईं एउटा एन्ड्रोइड ट्याब्लेट स्कुलको गृहकार्यका लागि प्रयोग गर्नुहुन्छ र अर्को फोन आफ्नो व्यक्तिगत प्रयोजनका लागि चलाउनु हुन्छ ।
आज हामी तपाईंलाई विभिन्न गुगल अर्थात् जिमेल अकाउन्ट एकसाथ कसरी लिङ्क गर्ने भन्ने बारेमा बताउँदै छौं । आफ्नो एन्ड्रोइड फोन वा अन्य डिभाइसमा सेटिङ मिलाएर एउटा गुगल अकाउन्टलाई भने डिफल्ट रूपमा राख्नुहोस् ।
के दुई ओटा गुगल अकाउन्ट मर्ज गर्न सकिन्छ ?
सकिन्न, तपाईं दुई गुगल अकाउन्टलाई एकसाथ मर्ज गर्न सक्नु हुन्न । यदि तपाईं एउटा गुगल अकाउन्टमा भएको आफ्नो सम्पूर्ण डेटा अर्को प्राथमिक अकाउन्टमा स्थानान्तरण गर्न चाहनु हुन्छ भने, तपाईं पियर-एप अथवा प्रोडक्टको आधारमा सबै डेटा म्यानुअल्ली कपी गर्नुहुन्छ । यस्तोमा आफ्ना गुगल अकाउन्ट लिङ्क गरेर ती दुई अकाउन्टबीच डेटा ट्रान्सफर गर्दा सजिलो हुन्छ ।
गुगल अकाउन्टहरू लिङ्क गर्ने तरिकाः
गुगलले विभिन्न अकाउन्ट लिङ्क गर्न एउटै टुल उपलब्ध गराउँदैन । त्यसको साटो तपाईंले दुई अकाउन्टमा रहेका विभिन्न एप तथा सर्भिसमा रहेको डेटा एक्सेस गर्न म्यानुअल्ली कनेक्ट गर्नुपर्ने हुन्छ । अधिकांश गुगल एपहरू आपसमा जोडिने भएकाले यो सजिलो पनि हुन्छ । दुई ओटा गुगल अकाउन्टलाई लिङ्क गर्दा विभिन्न अकाउन्टलाई एकै समयमा साइन इन गर्न, एउटा अकाउन्टमा आएको ईमेल स्वतः अर्को अकाउन्टमा फरवार्ड गर्न, गुगल ड्राइभ र गुगल क्यालेन्डर जस्ता एप तथा सर्भिस लिङ्क गर्न सक्नु हुन्छ ।
एकै समयमा विभिन्न गुगल अकाउन्ट कसरी साइन इन गर्ने ?
यो विधिले तपाईंलाई केही क्लिकमा एउटाबाट अर्को अकाउन्टमा स्विच गर्न दिनेछ । यसमा तपाईं प्राविधिक रूपमा अकाउन्ट लिङ्क गर्नुहुन्न, यसले केवल तपाईंलाई धेरै झन्झटिलो नहुने गरी आफ्नो डेटामा सहजै पहुँच बनाउन भने दिन्छ । यदि तपाईं आफ्नो व्यक्तिगत, पेसागत अथवा शैक्षिक कार्यका लागि छुट्टाछुट्टै गुगल अकाउन्ट प्रयोग गर्नुहुन्छ भने त्यसका लागि यो उपाय निकै उपयोगी हुन्छ ।
१. गुगल क्रोममा जानुहोस् र नयाँ ट्याब खोल्नुहोस् ।
२. स्क्रिनको माथि दायाँ कुनामा रहेको प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् ।
३. ड्रप-डाउन मेनुमा गएर एड अकाउन्ट (Add account) मा क्लिक गर्नुहोस् ।
४. आफ्नो गुगल अकाउन्टको विवरण राख्नुहोस् ।
यति गरिसकेपछि तपाईं प्रोफाइल पिक्चरमा क्लिक गरेपछि नयाँ अकाउन्टमा जान सक्नु हुन्छ ।
जिमेल अकाउन्टहरू कसरी लिङ्क गर्ने ?
जिमेल अकाउन्ट लिङ्क गर्दा एउटा जिमेल एड्रेसबाट अर्कोमा स्वतः ईमेल फरवार्ड हुने गर्छन् । विभिन्न जिमेल अकाउन्ट कनेक्ट गर्ने सोझो तरिका यही नै हो । यसो गर्दा तपाईंका सबै ईमेलहरू एउटै ईमेल एड्रेसमा आउँछन् । फरवार्ड गर्ने अकाउन्टमा कपी रहने भएकाले यो तपाईंका ईमेलको ब्याकअप राख्ने राम्रो तरिका पनि हो । ईमेल फरवार्ड भएर आउने अकाउन्टलाई तपाईं प्राथमिक अकाउन्टको रूपमा प्रयोग गर्न सक्नु हुन्छ ।
जुन अकाउन्टले लिङ्क भएका विभिन्न अकाउन्टमा आएका सबै ईमेलहरू सङ्कलन गरेर राख्छ । यसरी ईमेल फरवार्ड गर्ने अकाउन्ट कति राख्ने भन्ने सन्दर्भमा कुनै सीमा छैन ।
१. यसका लागि सबैभन्दा पहिला जुन जिमेलबाट ईमेल फरवार्ड गर्न चाहनु हुन्छ, उक्त अकाउन्टको जिमेल खोल्नुहोस् ।
२. स्क्रिनको माथि दायाँ कुनामा रहेको गियर आइकनको रूपमा रहेको सेटिङ बटनमा क्लिक गर्नुहोस् ।
३. ड्रप-डाउन मेनुमा गएर See all settings मा क्लिक गर्नुहोस् ।
४. Forwarding and POP/IMAP ट्याबमा क्लिक गर्नुहोस् ।
५. Add a forwarding address मा क्लिक गर्नुहोस् ।
६. जुन जिमेल ठेगानालाई ईमेल फरवार्ड गर्ने अथवा गन्तव्य ईमेल बनाउन चाहनु हुन्छ, उक्त ईमेल राख्नुहोस् ।
७. जिमेलले उक्त ईमेल अकाउन्टमा एउटा कन्फर्मेसन ईमेल पठाउँछ ।
८. नयाँ विन्डोमा गएर आफ्नो मुख्य जिमेल अकाउन्टको इनबक्स खोल्नुहोस् ।
९. भर्खरै प्राप्त ईमेलमा रहेको कन्फर्मेसन लिङ्कमा क्लिक गर्नुहोस् ।
१०. सेटिङ मेनुमा रहेको कन्फर्मेसन कोड मागिरहेको बक्सलाई बेवास्ता गर्नुहोस् । त्यो जरुरी पर्दैन ।
११. Forward a copy of incoming mail to सँगै रहेको रेडियो बटनमा क्लिक गर्नुहोस् र ड्रप-डाउन मेनुमा गएर आफ्नो मुख्य अकाउन्ट छनोट गर्नुहोस् ।
१२. तलतर्फ स्क्रोल गर्नुहोस् र पेजको अन्त्यतिर रहेको Save changes मा क्लिक गर्नुहोस् । यति गरिसकेपछि जिमेलले एउटा अकाउन्टमा आएका ईमेल मुख्य ईमेल अकाउन्टमा फरवार्ड गर्न सुरु गर्छ । डिफल्ट रूपमा यसले फरवार्ड गर्ने अकाउन्टमा ईमेलको एउटा कपी सेभ गरेर राख्छ । तर जिमेलको Forwarding अन्तर्गत ड्रप-डाउन बक्समा गएर यो सेटिङ मिलाउन भने सक्नु हुन्छ ।