दशैंमा ईभी लिएर जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् एनईएका चार्जिङ स्टेसनमा चार्ज गर्ने तरिका
कात्तिक १, २०८० १२:३२
काठमाडौं । पेट्रोलियम पदार्थमा भइरहेको लगातारको मूल्य वृद्धि र प्रविधिको विकासले गर्दा विद्युतीय गाडीप्रति आम मानिसहरूको आकर्षण बढ्दो छ । पछिल्ला केही वर्षमा आईसी इन्जिन भएका गाडी छोडेर विद्युतीय गाडीमा स्थानान्तरण हुनेहरूको सङ्ख्या थुप्रै छ ।
यदि तपाईंले पनि भर्खरै विद्युतीय गाडी लिनु भएको छ भने सम्भवतः नियमित रूपमा घरकै एसी चार्जर प्रयोग गरिरहनु भएको होला । अर्को कुरा विद्युतीय गाडी लामो यात्रामा लैजाने मेसो पनि नजुरेको हुन सक्छ ।
यस्तोमा डीसी चार्जिङ स्टेसन उपलब्ध रहेका स्थान र त्यसलाई प्रयोग गर्ने तरिका थाहा नहुनु स्वाभाविक नै हो । त्यसैले आज हामी दशैं बिदामा आफ्नो ईभी लिएर लामो दूरीको यात्रामा निस्किन चाहनेहरूको सहजताका लागि यो सामग्री तयार पार्दै छौं ।
कहाँ-कहाँ छन् चार्जिङ स्टेसन ?
विभिन्न विद्युतीय सवारी साधन कम्पनीहरूले देशका अनेक स्थानमा आ-आफ्नै चार्जिङ स्टेसन बनाएका छन् । यद्यपि नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा ल्याएका चार्जिङ स्टेसन सबैभन्दा महत्त्वपूर्ण छन् ।
प्राधिकरण अन्तर्गत देशभर विभिन्न स्थानमा ५१ ओटा चार्जिङ स्टेसन सञ्चालनमा छन् । जहाँ सीसीएस र जीबीटी स्ट्यान्डर्डका चार्जरहरू राखिएका छन् । साथै प्रत्येक चार्जिङ स्टेसनमा ७ किलोवाट आवरको एसी चार्जर समेत पाउन सकिन्छ ।
|
क्र. सं. |
चार्जर रहेका स्थान |
सङ्ख्या |
|
१. |
बिर्तामोड बसपार्क, झापा |
२ |
|
२. |
दमक चार्जिङ केन्द्र, झापा |
२ |
|
३. |
विराटनगर बसपार्क, मोरङ |
१ |
|
४. |
इनरुवा बसपार्क, सुनसरी |
१ |
|
५. |
बेलका चार्जिङ केन्द्र, उदयपुर |
२ |
|
६. |
प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा, सप्तरी |
२ |
|
७. |
हरिवन रिफ्रेश सेन्टर, सर्लाही |
१ |
|
८. |
इलाका प्रहरी कार्यालय, निजगढ, बारा |
२ |
|
९. |
हेटौँडा चार्जिङ सेन्टर, रातमाटे, मकवानपुर |
२ |
|
१०. |
पारस बसपार्क, चितवन |
२ |
|
११. |
मुग्लिन पुल, चितवन |
१ |
|
१२. |
इलाका प्रहरी कार्यालय, खानीखोला, धादिङ |
२ |
|
१३. |
साझा सेवा, बल्खु काठमाडौं |
२ |
|
१४. |
साझा यातायात, ललितपुर |
२ |
|
१५. |
साझा सेवा, बनेपा |
२ |
|
१६. |
नेपाल पुलिस क्लब, काठमाडौं |
१ |
|
१७. |
नेपाल विद्युत् प्राधिकरण, काठमाडौं |
१ |
|
१८. |
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, बुटवल, रूपन्देही |
२ |
|
१९. |
इलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी |
२ |
|
२०. |
भैरहवा बसपार्क रूपन्देही |
१ |
|
२१. |
इलाका प्रहरी कार्यालय, गोरुसिङ्गे, कपिलवस्तु |
२ |
|
२२. |
लमही नयाँ बसपार्क, दाङ |
२ |
|
२३. |
नेपाल एपीएफ स्कुल, कोहलपुर, बाँके |
२ |
|
२४. |
सशस्त्र प्रहरी बल, वैद्यनाथ वाहिनी, कैलाली |
१ |
|
२५. |
नयाँ बसपार्क, सुर्खेत |
२ |
|
२६. |
पर्यटक बसपार्क, पोखरा, कास्की |
१ |
|
२७. |
लेकसाइड कास्की |
१ |
|
२८. |
बसपार्क र हावा घर, नुवाकोट |
२ |
|
२९. |
सिन्धुलीगढी बसपार्क, सिन्धुली |
१ |
|
३०. |
खुर्कोट रिफ्रेश सेन्टर, सिन्धुली |
२ |
|
३१. |
इलाका प्रहरी कार्यालय, बर्दिवास, महोत्तरी |
१ |
|
३२. |
सशस्त्र प्रहरी बल, शैलेश्वरी, कञ्चनपुर |
१ |
|
जम्मा |
५१ |
प्राधिकरणको चार्जिङ स्टेसनमा कसरी गर्ने चार्ज ?
‘म्यानलेस’ अर्थात् मानवरहित प्राधिकरणका चार्जर तपाईं आफैंले गाडीमा जोड्नुपर्ने हुन्छ । त्यस बाहेक चार्ज गर्ने प्रक्रिया समेत तपाईंले थाहा पाउन जरुरी हुन्छ । किन कि चार्जर भएका ठाउँमा तपाईंलाई सघाउने कोही पनि नहुन सक्छ ।
-
सबैभन्दा पहिला आईफोनका लागि यहाँ क्लिक अथवा एन्ड्रोइडका लागि यहाँ क्लिक गरी एनईए चार्ज नामक एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुहोस् । ‘नेक्स्ट’ गर्दै ‘गेट स्टार्टेड’ लेखिएको बटनमा थिच्नुहोस् । एपको होम पेजमा पुगिसकेपछि तपाईंले त्यहाँ एनईए चार्जर रहेका सम्पूर्ण स्थान र त्यहाँसम्म पुग्ने गुगल नेभिगेसन समेत प्राप्त गर्न सक्नु हुन्छ ।
-
त्यसपछि एप खोल्नुहोस् र खाता खोल्न तल दायाँ कुनामा रहेको अकाउन्ट आइकनमा जानुहोस् ।
-
अब माथि ‘क्लिक हेयर टु साइन इन’ लेखिएको स्थानमा थिचेर त्यहाँ भित्र रहेको ‘साइन अप’ मा दबाउनुहोस् र आफ्नो ईमेल, मोबाइल नम्बर राखेर भेरिफिकेसनका लागि ‘सेन्ड ओटीपी’ मा थिच्नुहोस् ।
-
प्राप्त ओटीपी कोड राखेपछि नयाँ पासवर्ड तयार पार्नुहोस् र ‘टर्म्स एण्ड कन्डिसन’ मा टिक लगाएर ‘नेक्स्ट’ बटन थिच्नुहोस् ।
-
त्यसपछि आफ्नो युजरनेम, नाम, जन्ममिति लगायतका विवरण राखेर साइनअप गर्नुहोस् ।
-
अकाउन्ट खोलिसकेपछि अब तपाईंले आफ्नो एनईए चार्जर एप टपअप गर्नुपर्न हुन्छ र उक्त टपअप रकमबाटै तपाईंको गाडीले खपत गरेको चार्जको बिल काटिने गर्छ ।
-
टपअप गर्न तल पुछारमा दायाँतर्फबाट दोस्रो विकल्पको रूपमा रहेको भौचरमा थिच्नुहोस् र टु चार्जभित्र जानुहोस् ।
-
अब त्यहाँ तल टप-अप लेखिएको स्थानमा थिच्नु भयो भने ईसेवा र खल्ती डिजिटल वालेटबाट टपअप गर्ने विकल्प देखा पर्छ ।
-
त्यहाँ रिचार्ज ब्यालेन्स अन्तर्गत टपअप गर्न चाहेको रकम रकम उल्लेख गर्नुहोस् र ईसेवा वा खल्ती मध्ये जुन वालेट प्रयोग गर्न चाहनु हुन्छ, त्यसलाई छानेर अन्तिममा रहेको टप-अप बटन थिच्नु होस् र अर्को पेजमा गएर ‘ओके’ बटनमा दबाउनु होस् ।
-
यति गरिसकेपछि तपाईंको कारोबारको विवरण भरिएर आउँछ, त्यहाँ आफ्नो वालेटको आईडी तथा पासवर्ड राखेर लगइन गर्नुहोस् र एनईए चार्जर एप टपअप गर्नुहोस् ।
-
अब प्राधिकरणको चार्जर झिकेर आफ्नो गाडीमा जोड्नुहोस् ।
-
राम्रोसँग कनेक्ट भइसकेपछि चार्जरको स्क्रिनमा एउटा क्यूआर कोड देखा पर्छ । एनईए चार्जर एपमा तल बीच भागमा रहेको स्क्यानर खोलेर स्क्यान गर्नुहोस् ।
-
यति गरेपछि तपाईंको गाडी चार्ज हुन थाल्छ र त्यसमा लागेको शुल्क अघि टपअप गरेको ब्यालेन्सबाट आफैं काटिंदै जान्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० १२:५२
