close

ई-सेवामा रकम आउँदा बोलेरै जानकारी दिने डिभाइस, मूल्य ३६ सय रुपैयाँ

टेकपाना टेकपाना

कात्तिक १, २०८० १७:२५

ई-सेवामा रकम आउँदा बोलेरै जानकारी दिने डिभाइस, मूल्य ३६ सय रुपैयाँ

काठमाडौं । डिजिलट वालेट ईसेवाले क्यूआर कोडमार्फत भुक्तानी गर्दा बोलेरै जानकारी दिने डिभाइस ‘ई-स्पिकर’ सार्वजनिक गरेको छ । बुधवार ललितपुरमा एक कार्यक्रम गर्दै कम्पनीले ‘ई-स्पिकर’ सार्वजनिक गरेको हो ।

व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि क्यूआर प्रणाली प्रयोग गर्ने प्रयोगकर्ताको समस्यालाई मध्यनजर गर्दै डिभाइस सार्वजनिक गरेको कम्पनीको भनाइ छ ।

“क्यूआर मार्फत भुक्तानी गर्दा एसएमएस ढिलो आइदिनाले भुक्तानी पुष्टि गर्न व्यवसायी र ग्राहक दुवैलाई समस्या भइरहेको हुन्छ,” कम्पनीले ब्लगमा भनेको छ, “ई-स्पिकरले भने क्यूआरमार्फत भुक्तानी हुनासाथ डिभाइसमा अडियो नोटिफिकेसन पठाउँछ । र, डिभाइसले भुक्तानी सफल भएको जानकारी दिन्छ ।”

यसले गर्दा ग्राहकले भुक्तानी भइसकेको स्क्रिनशट व्यवसायीलाई देखाउन पर्ने झन्झट कम हुने कम्पनीको विश्वास छ । ईसेवाका सबै मर्चान्टले ई-स्पिकर प्रि-अर्डर गर्नन सक्नेछन् ।

अर्डर गर्नका लागि यहाँ क्लिक गरेर फारम भर्न सक्नुहुन्छ । कात्तिक १ गतेदेखि नै बुकिङ सुरु भएको छ । बुकिङ गर्ने प्रयोगकर्तालाई यो डिभाइस मंसिर ४ गते नेपालभर उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

नेपालीहरूको महान् पर्व विजया दशमीको अवसरमा कम्पनीले यो डिभाइस ३६ सय रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । यो शुल्क डेलिभरी, इन्स्टलेसन र भ्याटसहितको मूल्य हो ।

यो अवधिपछि ई-स्पिकर खरिद गर्ने प्रयोगकर्ताले चार हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो डिभाइसमा कम्पनीले १२ महिनाको वारेन्टी दिएको छ । जसलाई जीएसएम मोड र वाई-फाई कनेक्सन दुवैबाट प्रयोग गर्न सकिन्छ । यो डिभाइस नेपाली स्टार्टअप कम्पनी यार्सा टेकले विकास गरेको हो ।

सम्बन्धित समाचारः
कस्तो छ ईसेवाले सार्वजनिक गरेको ई-स्पिकर ?

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० १७:३५