close

छ हप्तामै १६ लाख सङ्ख्यामा बिक्री भयो ह्वावे मेट ६० प्रो

टेकपाना टेकपाना

कात्तिक ३, २०८० १२:४

छ हप्तामै १६ लाख सङ्ख्यामा बिक्री भयो ह्वावे मेट ६० प्रो

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावे टेक्नोलोजिजले केवल छ सातामा १६ लाख स्मार्टफोन बिक्री गरेको छ । एक अनुसन्धान फर्मका अनुसार स्मार्टफोन बजारमा लगातार रूपमा घट्दै गएको ह्वावेको उपस्थितिका बीच कम्पनीको हाई-इन्ड फोनको अत्यधिक माग आएको हो ।

उक्त बिक्री मध्ये चार लाख स्मार्टफोन त पछिल्लो दुई सातामा मात्रै बिक्री भएका छन्, जब कि सोही समयमा चिनियाँ बजारमा आईफोन १५ सार्वजनिक भएको थियो । पहिलो १७ दिनमा आईफोन १५ को बिक्री आईफोन १४ को तुलनामा ४५ प्रतिशतले घटेको काउन्टरप्वाइन्टले उल्लेख गरेको छ ।

ह्वावेले गत अगस्टमा आश्चर्यजनक किसिमले आफ्नो प्रिमियम स्मार्टफोन मेट ६० प्रो सार्वजनिक गरेको थियो । विश्लेषकहरूले उक्त स्मार्टफोनमा चिनमै निर्मित चिप प्रयोग गरिएको बताएका छन् ।

कम्पनीमाथि वर्षौंदेखि अमेरिकाले प्रतिबन्ध लगाइरहँदा ह्वावेले यो 'ब्रेक थ्रु' गरेको हो । यो फोनको माग अत्यधिक रहेको छ । मेट ६० प्रो आइपुग्ने बित्तिकै स्टक रित्तिने अवस्था छ । तेस्रो त्रैमासिक अवधिमा मुख्य ब्रान्डहरूका फोनको मागमा ८ प्रतिशतले गिरावट आउँदा दशककै न्यून हुन पुगेको छ ।

ह्वावे र यसको पूर्ववर्ती सहायक कम्पनी अनर मात्रै यस्ता कम्पनी बाँकी रहेका छन्, जसले यो अवधिमा पनि वृद्धि कायम गर्न सफल भएका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८० १२:४