close

प्रयोगकर्ताले एन्ड्रोइड फोनभन्दा आईफोन लामो समयसम्म चलाउँछन्ः अध्ययन

टेकपाना टेकपाना

कात्तिक ११, २०८० १५:२९

प्रयोगकर्ताले एन्ड्रोइड फोनभन्दा आईफोन लामो समयसम्म चलाउँछन्ः अध्ययन

काठमाडौं । हालैको एक अनुसन्धानले एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा आईफोन प्रयोगकर्ताले आफ्नो फोन लामो समय प्रयोग गर्ने देखाएको छ। कन्ज्युमर इन्टेलिजेन्स रिसर्च पार्टनर्स  (सीआईआरपी)ले अमेरिकी प्रयोगकर्तामा अनुसन्धान गरी जारी गरेको अनुसन्धान प्रतिवेदनले यस्तो देखाएको हो ।

अध्ययनले २३ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताले एक वर्षभित्रमा आफ्नो फोन अपग्रेड गर्दा १० प्रतिशत आईफोन प्रयोगकर्ताले मात्र फोन अपडेट गर्ने गरेको देखाएको छ । तल दिइएको चार्टमा फोन अपग्रेड गर्ने एन्ड्रोइड तथा आईफोन प्रयोगकर्ताको दर देखाइएको छ । 

चार्टको निलो भागमा एक वर्ष वा सोभन्दा कम समयमा आईफोन अपग्रेड गर्ने प्रयोगकर्ताको संख्या देखाइएको छ । जसमा १० प्रतिशत मात्र रहेको छ । यसको अर्थ बाँकी ९० प्रतिशत आईफोन प्रयोगकर्ताले  एकवर्षसम्म फोन आफूसँगै राख्छन् भन्ने हो ।

अझ सरल भाषामा बुझ्दा १० जना आईफोन प्रयोगकर्ता मध्ये १ जनाले मात्र एक वर्ष भित्रमा आईफोन किन्छन् भन्ने हो । यता एन्ड्रोडमा भने एक वर्ष भित्रमा नयाँ फोन किन्ने प्रयोगकर्ता २३ प्रतिशत रहेको छ । जुन आईफोन प्रयोगकर्ताको तुलनामा दुई गुणाले बढी हो । र यसबाट प्रयोगकर्ताले एन्ड्रोइड भन्दा आईफोन लामो समय चलाउछन् र एन्ड्रोइड प्रयोगकर्ताले चाँडो नयाँ फोन किन्छन् भन्ने बुझिन्छ । यो कुराले दोस्रो वर्षसम्म निरन्तरता पाएको छ । 

यसको हुनुको कारण विगतका वर्षहरूमा सफ्टवेयर अपडेटलाई मानिन्थ्यो । किनकी एप्पलले करिब पाँच वर्षसम्म आईओएस सपोर्ट दिन्थ्यो । जबकी एन्ड्रोइड प्रयोगकर्ताले मुस्किलले दुई वर्ष पाउँथे । तर अहिले एन्ड्रोइडले पनि एप्पलले जस्तै सफ्टवेयर अपडेटलाई प्राथमिकता दिन थालेको देखिन्छ । यसको उदाहरण सामसङ र ले गुगल हुन् । सामसङले हाल अधिकांश आफ्नो फोनमा चार वर्ष र गुगलले पिक्सेल ८ सिरिजमा सात वर्ष अपडेट दिने बताइसकेका छन् । 

तर अनुसन्धान गर्ने संस्था सीआईआरपीले आईफोन प्रयोगकर्ता भन्दा एन्ड्रोइड प्रयोगकर्ताले चाँडो फोन अपग्रेड गर्नुको कारण औसतमा आईफोन भन्दा एन्ड्रोइड फोन सस्तो हुनु जनाएको छ । एन्ड्रोइड फोन सस्तो हुने कारणले नै प्रयोगकर्ताहरूले चाँडो नयाँ फोन किन्ने सीआईआरपीको विश्लेषण छ ।

त्यस्तै एन्ड्रोइड फोनको तुलनामा आईफोन अलि टिकाउ हुनुलाई सीआईआरपीले अर्को कारण मानेको छ । साथै हरेक वर्ष विभिन्न एन्ड्रोइड ब्रान्डहरूले बजारमा नयाँ नयाँफोनहरू ल्याइरहने हुँदा एन्ड्रोइड प्रयोगकर्ताले छिटो छिटो ती नयाँ फोन किन्न सक्छन् ।

यता आईफोन अपग्रेड गर्न भने वर्षमा एक पटक हुने कार्यक्रम पर्खनुको विकल्प छैन । यसलाई पनि सीआईआरपीले अर्को कारण मानेको छ । अर्थात् एन्ड्रोइडमा धेरै विकल्प हुँदा धेरै अपग्रेड हुनाले प्रयोगकर्ताले एन्ड्रोइड भन्दा आईफोन लामो समय राख्ने तर्क गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८० १५:२९