close

निःशुल्क ‘मोबाइल जर्नलिजम तालिम’ हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

कात्तिक १५, २०८० १७:२२

निःशुल्क ‘मोबाइल जर्नलिजम तालिम’ हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सीएमआर नेपाल जर्नलिजम एकेडेमीले मल्टिमिडिया स्टोरीटेलिङ (मोबाइल जर्नलिज्म) सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिजम एकेडेमीले मङ्सिर १७ देखि २२ गते उक्त तालिम सञ्चालन गर्न लागेको हो ।

तालिममा मोबाइल प्रयोग गरेर तस्वीर, आवाज र भिडिओ रेकर्ड गर्ने, तिनलाई सम्पादन गरेर मल्टिमिडिया स्टोरी निर्माण गर्ने लगायत मोबाइल जर्नलिज्मका आवश्यक सीप सिकाइने आयोजकले जनाएको छ ।

कम्तिमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरूले तालिमका लागि आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनमध्येबाट २४ जनालाई आयोजकले निःशुल्क तालिम दिने छ ।

तालिमबारे थप बुझ्‍न यहाँ र आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८० १७:३०