close

४३ हजार मूल्यमा नेपाली बजारमा ‘भिभो भी २९ ई’ सार्वजनिक, के के छन् फिचर ?

टेकपाना टेकपाना

कात्तिक १६, २०८० १५:५४

४३ हजार मूल्यमा नेपाली बजारमा ‘भिभो भी २९ ई’ सार्वजनिक, के के छन् फिचर ?

काठमाडौं । नेपाली बजारमा भिभोले भी सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले कात्तिक २० देखि बिक्रीका लागि उपलब्ध गराउने गरी नयाँ फोन 'भिभो भी २९ ई'  ल्याएको हो ।

यस फोनमा १२० हर्जको एमोलेड डिस्प्ले दिइएको छ । फोनमा फुल एचडी रेजोलुसन (२४००×१०८०) को ६.६७ इन्चको स्क्रिन छ ।

भिभोको यस फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) सहितको ६४ एमपी, ८ एमपीको अल्ट्रावाइड र ५० एमपीको सेल्फी क्यामेरा दिइएकाे छ । ​फोनमा अटोफोकस र हाई रेजोलुसन सेन्सर भएकाले उत्कृष्ट फोटो, भ्लग तथा भिडिओहरू खिच्न सकिने कम्पनीको भनाइ छ ।

त्यस्तै फोनमा प्रोसेसर क्वालकम स्न्यापड्रागन ६९५ राखिएको छ । यसले गर्दा फोन ल्याग-फी हुने कम्पनीको दाबी छ ।

यता ब्याट्री ४८०० एमएएच क्षमताको रहेको छ, जसलाई चार्ज गर्न ४४ वाटको फ्ल्यास चार्जर दिइएको छ । साथै ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज क्षमता भएको फोनमा थप ८ जीबी र्‍याम बढाउन समेत सकिन्छ ।

यो फोन नेपाली बजारमा रोज गोल्ड र फरेस्ट ब्ल्याक गरी दुई ओटा रङमा उपलब्ध हुनेछ । कम्पनीले गत कात्तिक १६ देखि यस फोनको प्रि-बुकिङ्ग खुल्ला गरिसकेको छ ।

यो फोनलाई ग्राहकले कात्तिक १९ सम्म प्रि-बुकिङ्ग गर्न सक्नेछन् । त्यसरी प्रि-बुकिङ गर्ने ग्राहकहरूले ३९९९ रुपैयाँ मूल्य बराबरको रिभरसङ इयरबड पाउन सक्नेछन् ।

नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ४२,९९९ रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८० १६:५८