close

बैंक अकाउन्ट लिङ्क गरी खल्तीबाट भुक्तानी गर्दा अरिजीत सिंहको कन्सर्टको टिकट जित्न सकिने

टेकपाना टेकपाना

कात्तिक २१, २०८० ७:५५

बैंक अकाउन्ट लिङ्क गरी खल्तीबाट भुक्तानी गर्दा अरिजीत सिंहको कन्सर्टको टिकट जित्न सकिने

काठमाडौं । लिङ्क गरिएका बैंक अकाउन्ट प्रयोग गरी खल्तीबाट भुक्तानी गर्दा गायक अरिजीत सिंहको कन्सर्टको टिकेट दैनिक जित्न सकिने भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर ९ गते हायात होटलमा हुने कन्सर्टको टिकेट जित्न सकिने जानकारी दिएको हो । 

कम्पनीका अनुसार टिकेट जित्न लिङ्क गरिएका बैंक अकाउन्ट प्रयोग गरी खल्तीबाट १०० रुपैयाँभन्दा माथि भुक्तानी गर्नुपर्ने छ । तर लिङ्क गरिएको बैंक अकाउन्टबाट भने पहिलो भुक्तानी हुनुपर्ने छ ।

यो अफर २० नोभेम्बरसम्म मात्र मान्य हुनेछ।

भारतीय पार्श्व गायकका रूपमा परिचित सिंहले 'केसरिया, अगर तुम साथ हो. तुम हि हो, केसरिया तेरा’ लगायत थुप्रै चर्चित गीत गाएका छन् । खल्तीमा बैंक अकाउन्ट लिङ्क गर्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८० ७:५५