काठमाडौं । एफवन सफ्ट ग्रुपले जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ । ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीवार रू ३० लाख जम्मा गरेको हो ।
कोषमा एफवन सफ्ट गु्रप अन्तर्गतका एफवान सफ्ट इन्टरनेसनल, ईसेवा, फोनपे, ईसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट गु्रपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेको बताइएको छ ।
गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिम ठूलो जनधनको क्षति भएको छ ।
उक्त क्षतिमा आफूहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोपा उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए ।