close

माइक्रोसफ्टमा भर्ती भए च्याटजीपीटी निर्माता ओपन एआईका पूर्व सीईओ साम अल्टम्यान

टेकपाना टेकपाना

मंसिर ४, २०८० १४:४८

माइक्रोसफ्टमा भर्ती भए च्याटजीपीटी निर्माता ओपन एआईका पूर्व सीईओ साम अल्टम्यान

 

काठमाडौं । ओपन एआईका सीईओ साम अल्टम्यान र सहसंस्थापक जर्ज ब्रोकम्यानलाई माइक्रोसफ्टले भर्ना गर्ने भएको छ । अल्टम्यान शुक्रवार माात्रै ओपन एआईबाट बर्खास्तीमा परेका थिए । त्यस लगत्तै बोर्डले भनेको थियो, "ओपन एआईको नेतृत्व दिनसक्ने उनको क्षमतामा अब विश्वास छैन ।"

अल्टम्यानलाई ओपन एआईमा फिर्ता ल्याउने सप्ताहन्तको प्रयास पश्चात् माइक्रोसफ्टका सीई‌ओ सत्या नादेल्लाले साम अल्टम्यान र जर्ज ब्रोकम्यान माइक्रोसफ्टको नयाँ आधुनिक एआई अनुसन्धान टिममा आवद्ध हुने घोषणा गरेका हुन् । "साम अल्टम्यान र जर्ज ब्रोकम्यान दुवैले सहकर्मीको रूपमा नयाँ अत्याधुनिक एआई अनुसन्धान टिमलाई नेतृत्व दिन माइक्रोसफ्टमा आवद्ध हुने समाचार साझा गर्न पाउँदा अत्यन्तै उत्साहित छ," नादेल्लाले भनेका छन् ।

"उहाँहरूको सफलताका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन हामीले तत्कालै कदम चाल्ने छौं ।" यसअघि ट्वीटरको नामले परिचित एक्समा नादेल्लालाई उद्धृत गर्दै आफू माइक्रोसफ्टमा आबद्ध हुन लागेको स्वीकार गरेका छन्, "लक्ष्य जारी रहनेछ ।"

नादेल्लाले माइक्रोसफ्टमा अल्टम्यानको कस्तो भूमिका खोजिरहेका छन् भन्ने विषयमा केही सङ्केत समेत दिएका छन् । "हामीले वर्षौंदेखि गिगटह, मोजाङ्ग स्टुडियो र लिङ्क्डइन सहितबाट माइक्रोसफ्टमा संस्थापक तथा नवप्रवर्तकहरूलाई स्वतन्त्रतापूर्वक परिचय र संस्कृतिका लागि कसरी स्थान दिने भन्ने कुरा सिकेका छौं र मैले तिमीमाथि पनि त्यस्तै हुने अपेक्षा गरेको छु ।"

अल्टम्यानलाई पुनः सीईओको रूपमा फिर्ता ल्याउने ओपन एआई बोर्डको प्रयास असफल भएको केही घण्टामै माइक्रोसफ्टले अल्टम्यानलाई भर्ती गरेको हो ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८० १४:५०