close

नेपाली बजारमा आयो सामसङ ग्यालेक्सी एस २३ एफई, मूल्य ८६ हजार

टेकपाना टेकपाना

मंसिर ६, २०८० ८:३८

नेपाली बजारमा आयो सामसङ ग्यालेक्सी एस २३ एफई, मूल्य ८६ हजार

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एस सिरिजको नयाँ मोडेल ग्यालेक्सी एस २३ एफई भित्र्याएको छ । कम्पनीले मङ्गलवार एस २३ सिरिज अन्तर्गतको एस २३ एफई भित्र्याएको हो ।

नेपालमा मिन्ट र ग्रेफाइट गरी दुई कलर भेरियन्टमा उपलब्ध हुने यो फोन प्रि-अर्डरका लागि खुलिसकेको छ । उक्त फोन नेपालभर सामसङका आधिकारिक स्टोरहरुबाट प्रि-अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । गेमिङमा रुचि राख्ने प्रयोगकर्ताका लागि यसले उत्कृष्ट पर्फमेन्स दिने कम्पनीको दाबी छ ।

ग्यालेक्सी एस २३ एफईमा नयाँ फ्लोटिङ क्यामेरा र स्लिकर डिस्प्ले रहेको छ । १२० हर्ज रिफ्रेस रेट रहेको फोनमा कम्पनीले ६.४ इन्चको एमोलेड टु एक्स डिस्प्ले उपलब्ध गराएको छ ।

ग्यालेक्सी एस २३ एफईमा रहेको भिजन बुस्टर प्रविधिले स्वचालित रूपमा उज्यालो प्रकाशको अवस्था पत्ता लगाएर स्क्रिनलाई लाइभ राख्ने कम्पनीले उल्लेख गरेको छ ।

यसमा प्रो ग्रेड क्यामेराको विशेषताहरू छन् । फाेनको पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड र ८ मेगापिक्सेलको ओआईएसयुक्त थ्री एक्स अप्टिकल जुमसहितको क्यामेरा जडान गरिएको छ ।

ग्यालेक्सी एस २३ एफईमा नाइटोग्राफी फिचर रहेको छ । एड्भान्स्ड डिजिटल इमेज स्टेबलाइजेसनका साथ प्रयोगकर्ताले अप्टिकल इमेज स्टेबलाइजर (ओआइएस) एङ्गलमा पछाडिको क्यामेरा प्रयोग गरेर चालु रहेकै समयमा स्थिर शट लिन सक्नेछन् ।

कन्टेन्ट क्रियटरका लागि फोनको क्यामेरा उपयुक्त हुने कम्पनीले उल्लेख गरेको छ । प्रो मोडमा रेसिस्टेन्स स्पिड, ग्रेन, आईएसओ र सहजताको लागि म्यानुअल्ली कम्बाइन गर्न सकिन्छ ।

एन्ड्रोइड १३ मा आधारित वनयूआई ५.१ मा चल्ने ग्यालेक्सी एस २३ एफईमा सामसङकै ४ एनएम एक्सिनस २२०० चिप राखिएकाे छ ।

फाेनमा ४५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसलाई २५ वाटको एडप्टरले ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीले उल्लेख गरेको छ ।

ग्यालेक्सी एस २३ एफई ८ जीबी र्‍याम र २५६ जीबीको स्टोरेजमा उपलब्ध छ । यसको मूल्य ८५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यो फोन शून्य प्रतिशत ब्याजदर किस्ताबन्दीमा पनि उपलब्ध हुनेछ । ग्राहकले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक चार हजार ३०० रुपैयाँ किस्ता तिरेर फाेन खरिद गर्न सक्नेछन् 

सामसङले एक वर्षका लागि एक पटकको ब्रेकेज बीमा सुविधा दिएको छ भने पुरानाे फोन अपग्रेड गर्न इच्छुकहरूका लागि एक्सचेन्ज अफर ल्याएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८० ९:२१