close

गुगल ड्राइभमा समस्या, ६ महिनादेखिको डेटा गुमेको प्रयोगकर्ताको गुनासो

टेकपाना टेकपाना

मंसिर १३, २०८० १६:५३

गुगल ड्राइभमा समस्या, ६ महिनादेखिको डेटा गुमेको प्रयोगकर्ताको गुनासो

काठमाडौं । गुगल ड्राइभका प्रयोगकर्ताले विगत केही महिनादेखिको आफ्नो डेटा गुमाएको दाबी गरेका छन् । प्रयोगकर्ताले गुगलको कम्युनिटी साइटमा गुगल ड्राइभबाट आफ्नो डेटा गुमाएको दाबी गरेका हुन् ।

केही दिनअघि एक प्रयाेगकर्ताले गुगल ड्राइभमा लगइन गर्दा गत मे महिनासम्मको मात्र डेटा पाएको बताएपछि यो घटना सतहमा आएको थियो । त्यसपछि उही प्रकृतिको समस्या भाेगिरहेको धेरैले गुनासो गरिरहेका छन् । जसमध्ये एक प्रयोगकर्ताले विगत छ महिनादेखिको आफ्नो बिजनेस डेटा गुमेको गुनासो गरेका छन् ।

प्रयोगकर्ताको गुनासो बढ्दै गएपछि गुगलको सपोर्ट टिमले डेटा रिकभरी गर्न सल्लाह दिएका थिए । तर, डेटा रिकभरी गर्न खोज्दा पनि नभएको प्रयोगकर्ताको भनाइ छ ।

यता अहिले भने गुगलले यस घटनालाई एउटा बग भएको उल्लेख गरेको छ । गुगलका अनुसार गुगल ड्राइभको डेस्कटप भर्सन ८४.०.०.० देखि ८४.०.४.० मा सिङ्कको समस्याले गर्दा यस्तो भएको हो ।

यस घटनमा थप अनुसन्धान गरिरहेको र आधिकारिक रूपमा समाधान नभएसम्म असर परेका प्रयोगकर्तालाई ड्राइभमा केही नगर्न गुगलले सुझाएको छ । यसअगाडि कतिपय प्रयोगकर्ताले सिङ्ग्रनाइजेसनले काम गर्न छाडेको र क्लाउड स्टोरेज अपडेट नभएको आँकलन गरेका थिए ।

त्यस्तै यस घटनाले क्लाउडमा भण्डारण हुँदैमा कुनै पनि डेटा सुरक्षित हुन्छ भनेर छर्लङ्ग पारेको कतिपयले जनाएका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८० १४:१४