close

एनसेलको शेयर बेच्ने आजियाटाको निर्णय विरुद्धको रिटमा अदालतले दुवै पक्षलाई बोलायो

टेकपाना टेकपाना

मंसिर १५, २०८० १६:४९

एनसेलको शेयर बेच्ने आजियाटाको निर्णय विरुद्धको रिटमा अदालतले दुवै पक्षलाई बोलायो

काठमाडौं । एनसेलको शेयर बेच्ने आजियाटा ग्रुपको निर्णय विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले आगामी मंसिर २५ गते आजियाटा र निवेदक पक्षलाई बोलाएको हो ।

गत बुधबार आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बिक्री गर्ने निर्णय गरेपछि गोकुलबहादुर रोकायाले उक्त निर्णय विरुद्ध अन्तरिम आदेशको मागसहित उच्च अदालतमा रिट दायर गरेका थिए ।

यसपछि शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ताहरू आतिस कार्की र कमल कोइरालाले बहस गरेका थिए ।

उक्त बहसपछि इजलासले दुवै पक्षको छलफल सुनेर मात्रै अन्तरिम आदेश हुने/नहुने सम्बन्धमा आदेश जारी गर्न मंसिर २५ को छलफल पेशी तोकेको हो ।

 

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८० १६:५४