काठमाडौं । स्मार्टफोन जति पुरानो हुँदै जान्छ, ब्याट्री क्षमतामा त्यति नै ह्रास आउँदै जान्छ । यसको असर स्वरूप ब्याट्री चाँडै सकिने, चार्ज ढिलो हुने जस्ता समस्या निम्तिन सक्छन् ।
ब्याट्रीको क्षमतामा ह्रास आउनबाट रोक्ने त्यस्तो कुनै ठोस उपाय छैनन् । यद्यपि ब्याट्रीको क्षमता घट्नबाट रोक्न पछिल्लो समय स्मार्टफोन ब्रान्डले केही फिचरहरू भने ल्याइरहेका छन् । यदि तपाईं सामसङ ग्यालेक्सी प्रयोगकर्ता हुन्छ भने ब्याट्रीको स्वास्थ्य टिकाउन केही उपाय प्रयोग गर्न सक्नुहुन्छ ।
ब्याट्री प्रोटेक्ट इनेबल गर्नु
कहिल्यै पनि ब्याट्री फुल चार्ज गर्नु अथवा शून्य बनाउनु हुँदैन । सामसङका अनुसार ग्यालेक्सी डिभाइसमा ८५ प्रतिशतसम्म मात्र चार्ज गर्ने बानीले ब्याट्रीको आयु लम्बाउन सहयोग गर्छ । तर नियमित रुपमा म्यानुअल्ली यो कुरा हेरिरहनु सम्भव नहुन सक्छ । यद्यपि सामसङले यसको विकल्प दिएको छ । जसले फोन चार्ज गर्दा ८५ प्रतिशत पुग्न साथै चार्जिङलाई स्वत: बन्द गरिदिन्छ । यसका लागि तपाईं 'सेटिङ>ब्याट्री>ब्याट्री प्रोटेक्ट' मा जान सक्नुहुन्छ ।
फास्ट चार्जिङलाई डिसेबल गर्नु
फास्ट चार्जिङले डिभाइसलाई निकै तताउँछ । त्यसको असर ब्याट्रीको स्वास्थ्यमा परिरहेको हुन्छ । तर चार्ज गर्दा डिभाइस तातिनबाट बचाउन फास्ट चार्जिङ डिसेबल गर्न सकिन्छ ।
यदि तपाईंको सामसङ ग्यालेक्सीले वायरलेस चार्जिङ सपोर्ट गर्छ भने त्यसमा पनि तपाईंले फास्ट चार्जिङलाई बन्द गर्न सक्नुहुन्छ । किनकी तारबाट भन्दा पनि तारविहिन प्रविधिबाट फास्ट चार्जिङ गर्दा डिभाइस अझ बढी तातिन्छ ।
फोनमा फास्ट चार्जिङ बन्द गर्न 'सेटिङ>ब्याट्री>चार्जिङ सेटिङ>फास्ट चार्जिङ' मा गएर डिसेबल गर्न सक्नुहुन्छ । तर फास्ट चार्जिङ बन्द गर्दा चार्ज भने ढिलो हुने गर्छ ।
प्रयोग नभएका एपलाई 'स्लिप' मोडमा राख्नु
हामीलाई थाहा नभएका विभिन्न एप ब्याकग्राउन्डमा चलिरहेका हुनसक्छ । त्यस्ता एपका कारण फोनमा ब्याट्री चाँडो सकिरहेको पनि हुन सक्छ । फोनमा यस्तो हुनबाट रोक्न त्यस्ता एपलाई 'स्लिप' मोडमा राख्न सकिन्छ ।
यस फिचरले तपाईंले केही समयदेखि प्रयोग नगरेका एपहरू पत्ता लगाएर तिनीहरूलाई स्वत: 'स्लिप' मोडमा राखिदिन्छ । यसका लागि तपाईं 'सेटिङ>ब्याट्री>ब्याकग्राउन्ड युजेज लिमिट>पुट अन युज्ड एप्स टु स्लिप> मा जान सक्नुहुन्छ ।