close

एनसेल भन्छ- शेयरधनी परिवर्तन भए पनि सेवा सुविधामा कुनै असर पर्दैन

टेकपाना टेकपाना

मंसिर १९, २०८० १९:१०

एनसेल भन्छ- शेयरधनी परिवर्तन भए पनि सेवा सुविधामा कुनै असर पर्दैन

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले शेयरधनी परिवर्तनपछि आफ्ना सेवा तथा सुविधामा कुनै असर नपर्ने जनाएको छ । मङ्गलवार एक सूचना प्रकाशित गर्दै कम्पनीले आफ्नो सिद्धान्त ‘हामी तपाईंको लागि’ अनुसार विगतका दिनमा झैं उही उत्साह र समर्पणका साथ गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

“हाम्रा आदरणीय ग्राहकवर्ग तथा साझेदार लगायत समग्र एक करोड ६० लाख एनसेल परिवारलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा नेपाल र नेपालीको विकास तथा समृद्धिका लागि सदा समर्पित रहने वाचा गर्दछौं,” सूचनामा भनिएको छ । 

मङ्सिर १३ गते एनसेलको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटा ग्रुपले एनसेल बिक्रीमा राख्ने निर्णय भएको जानकारी दिएको थियो । त्यसको दुई दिनपछि मङ्सिर १५ गते आजियाटाले साढे छ अर्ब रुपैयाँमा बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई ८० प्रतिशत शेयर बिक्री गरेको घोषणा गरेको थियो ।

 

 

 

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० १९:१०