close

नेपाली बजारमा ईएसआरआईको जीपीएस म्यापिङ सफ्टवेयर

टेकपाना टेकपाना

मंसिर २२, २०८० १०:२२

नेपाली बजारमा ईएसआरआईको जीपीएस म्यापिङ सफ्टवेयर

काठमाडौं । नेपाली बजारमा अमेरिकी मन्टिन्यासनल कम्पनी इन्भाइरोमेन्टल सिस्टम्स रिसर्ज इन्स्टिच्युट (ESRI) काे भौगोलिक सूचना प्रणाली अर्थात् जीआईएस म्यापिङ प्रविधि भित्रिएकाे छ । हालै काठमाडौंमा ‘ईएसआरआई टेक्नाेलाेजी समिट’ गर्दै कम्पनीले यस्ताे प्रविधि नेपालमा उपलब्ध गराएकाे जानकारी दिएकाे हाे ।

कार्यक्रममा नापी विभाग, केन्दीय्र तथ्याङ्क विभाग, खानी तथा भूगर्भ विभाग, जलविज्ञान, सहरी विकास तथा विभिन्न शैक्षिक संस्थाका अधिकारीहरूको सहभागिता रहेकाे थियाे । साे अवसरमा नेपालले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न र विकासको दृष्टिकोणलाई समर्थन गर्न जीआईएस प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

ईएसआरआईका प्रतिनिधिहरूले विश्वव्यापी नमूनाहरूसहित आर्क जीआईएस (ArcGIS) टेक्नाेलाेजीले प्रदान गर्नसक्ने कामबारे प्रस्तुति दिएका थिए । ईएसआरआई इण्डियाले नेपालका विभिन्न विभागहरूसँग सहकार्य गरी जीआईएसको क्षमता प्रयोग गरी नवीनता, दक्षता र दिगोपन हासिल गर्न सघाउने याेजना ल्याएकाे अधिकारीहरूले उल्लेख गरे ।

यसअन्तर्गत प्राविधिक सहयोग, प्रशिक्षण, परामर्श, क्लाउड र व्यवस्थित सेवा प्रदान गरिने छ । साथै कम्पनीले एप्लिकेसन डेभलपमेन्ट र डेटा निर्माण सेवा प्रदान गर्न नेपालका विभिन्न संस्थाहरूसँग साझेदारी गरेको पनि जानकारी दिइयाे ।

कम्पनीले स्टार्टअप र विकासकर्ताहरूलाई सहयोग गर्ने र नेपालमा जीआईएस प्रविधि प्रयोगकर्ताहरूको समुदाय निर्माण गर्न काम गर्ने लक्ष्य राखेको छ । नियाेटेरिक नेपाल जीआईएस सफ्टवेयरका लागि ईएसआरआई इण्डियाकाे मास्टर रिसेलर रहेकाे छ ।

ईएसआरआई इंकका कर्पाेरेट डाइरेक्टर (इन्टरनेसल अपरेसन्स) डिन एंगेलिडिज भन्छन्  ''ईएसआरआईकाे याे जीआईएस सफ्टवेयर, लाेकल इन्टेलिजेन्स र म्यापिङमा विश्वव्यापी बजारको लिडर हो । यसले १५० देशमा लगभग चार लाख ग्राहकलाई सेवा दिइरहेको छ । याे सफ्टवेयरले विश्वको सबैभन्दा जटिल समस्याहरू समाधान गर्न मद्दत गरिरहेको छ । हामी नेपाल सरकार, व्यवसाय र शिक्षाविदहरूसँग आवद्ध हुन र विभिन्न विभागलाई परिवर्तनकारी नतिजा प्राप्त गर्न जीआईएसको शक्ति प्रयोग गर्न पाउँदा उत्साहित छौं ।''

त्यस्तै ईएसआरआई इण्डियाका प्रबन्ध निर्देशक अगेन्द्र कुमारले भने, ''जिओ स्पाटियल टेक्नाेलाेजीहरूले दिगो अभ्यासहरु प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन । नेपालसँग नजिक भएर ईएसआरआई इण्डियाले नेपालमा जीआईएस प्रयोगकर्ताहरूको बलियो समुदाय निर्माण गर्ने र तिनीहरुलाई अपनाउन सहयाेग गर्ने लक्ष्य राखेको छ । नवीनतम् आर्क जीआईएस(Arc GIS) ले विपद व्यवस्थापन, सहरी योजना, वातावरण संरक्षण, भूमि र प्राकृतिक श्रोत व्यवस्थापन र सुशासनमा सहयाेग गर्न सक्नेछ । हामी स्टार्टअपलाई समर्थन गर्न र नेपालको युवा जनसंख्याका लागि सिक्ने र काम गर्ने अवसर सिर्जना गर्न पाउँदा खुशी हुनेछौं ।''

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८० १४:०