close

मोबाइल बैंकिङ र वालेटबाट एनसेलमा रिचार्ज नहुने समस्या

टेकपाना टेकपाना

मंसिर २२, २०८० १७:२

मोबाइल बैंकिङ र वालेटबाट एनसेलमा रिचार्ज नहुने समस्या

काठमाडौं । मोबाइल बैंकिङ र वालेटबाट एनसेलमा रिचार्ज नहुने समस्या देखिएको छ । शुक्रवार बिहानदेखि नै माेबाइल बैंकिङ र डिजिटल वालेटका माध्यमबाट एनसेलको नम्बरमा टपअप नहुने समस्या आएको हो ।

भौतिक कार्डबाट रिचार्ज भइरहेको भए पनि डिजिटल माध्यमबाट टपअप गर्दा सेवा उपलब्ध नभएको सूचना देखिन्छ ।

डिजिटल वालेट ई-सेवाबाट रिचार्ज गर्दा ‘सर्भिस अनअभाइलेबल देखाउँछ’ भने खल्तीबाट रिचार्ज गर्दा यो सेवा अहिले अस्थायी रूपमा निष्क्रिय रहेको सूचना देख्न सकिन्छ । माेबाइल बैंकिङ एपहरूबाट टपअप प्रयास गर्दा पनि 'ट्रान्जेक्सन फेल्ड' नाेटिफिकेसन देखिन्छ ।

एनसेलले भने सेवा अवरुद्ध भएकोबारे केही जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८० १७:२