close

भारतले ब्यान्डविथको मूल्य घटाए नेपालमा सस्तोमा इन्टरनेट उपलब्ध हुन्छः मन्त्री शर्मा

टेकपाना टेकपाना

मंसिर २६, २०८० १७:२३

भारतले ब्यान्डविथको मूल्य घटाए नेपालमा सस्तोमा इन्टरनेट उपलब्ध हुन्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतले ब्यान्डविथको मूल्य घटाए नेपालमा सस्तोमा इन्टरनेट सेवा दिन सकिने बताएकी छन् । मंगलबार राजधानीमा भारतीय दूतावासले गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले ब्यान्डविथको मूल्य घटाउन पहल गरिदिन भारतीय राजदूत नवीन श्रीवास्तलाई आग्रह गरिन् ।

''भारतबाट मूल्य घटेर आयो भने हामी नेपालमा सस्तोमा इन्टरनेट उपलब्ध गराउन सक्छौं,'' उनले भनिन् । सो अवसरमा उनले सूचना प्रविधिको क्षेत्रलाई नेपाल सरकारले विशेष ढंगले बढावा दिएको उल्लेख गरेकी थिइन् ।

आफूहरूले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत काम गरिरहेको बताउँदै उनले सूचना प्रवधि अँगाल्न नसके आजको समयमा विकास सम्भव नभएकाे धारणा राखिन् । यसका लागि दूरदराजका क्षेत्रमा इन्टरनेट विस्तार गर्न काममा सरकारकाे ध्यान गएकाे मन्त्री शर्माकाे भनाइ थियाे ।

त्यस्तै खुला सिमानाका कारण नेपाल र भारतबीच साइबर अपराधका घटना हुनसक्ने भएकाले त्यसकाे राेकथाम गर्न दुई देशबीच समन्वय हुन आवश्यक रहेकोमा उनले जाेड दिइन् ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १७:३१