close

एआई प्रोसेसरसहित सामसङको बहुप्रतिक्षित ल्यापटप सिरिज ‘ग्यालेक्सी बुक फोर’ सार्वजनिक

टेकपाना टेकपाना

मंसिर ३०, २०८० २१:६

एआई प्रोसेसरसहित सामसङको बहुप्रतिक्षित ल्यापटप सिरिज ‘ग्यालेक्सी बुक फोर’ सार्वजनिक

काठमाडौं । साससङले ल्यापटप बजारमा ग्यालेक्सी बुक फोर सिरिज सार्वजनिक गरेको छ । शुक्रबार दक्षिण काेरियामा एक कार्यक्रम गर्दै कम्पनीले तीन माेडेलमाग्यालेक्सी बुक फोर सिरिज सार्वजनिक गरेको हो ।

यसअन्तर्गत ग्यालेक्सी बुक फोर अल्ट्रा, बुक फोर प्रो र बुक फोर प्रो ३६० रहेका छन् । यी सबै ल्यापटपमा एआई एकीकृत गरिएको हुँदा प्रयोगकर्ताको उत्पादकता तथा गतिशीलता बढ्ने कम्पनीकाे दाबी छ ।

सामसङले सबै मोडलमा सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू), ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) सुधार गरेको तथा न्यूरल प्रोसेसिङ युनिट (एनपीयू) थपेको जनाएको छ ।

त्यस्तै यी सबै ल्यापटपमा इन्टेल कोर अल्ट्रा नाइन प्रोसेसर र  एनभिदियाको जीफोर्स आरटीएक्स ४०७० जीजीयू राखिएको छ । बुक फोर अल्ट्रामा भने एनभिदिया डिप लर्निङ सुपर स्याम्पलिङ (डीएलएसएस) प्रविधि राखिएको छ ।

डीएलएसएसले गेम तथा एपका लागि उच्च गुणस्तरको फोटो तस्वीर तयार पार्ने उल्लेख गरिएको छ । सुरक्षाका लागि भने ल्यापटपमा  कम्पनीले आफ्नै सामसङ नक्स सेक्युरिटी चिप राखेको छ ।

सार्वजनिक भएको ग्यालेक्सी बुक फोर अल्ट्रा र ग्यालेक्सी बुक फोर प्रो ३६० को डिस्प्ले १६ इन्च र ग्यालेक्सी बुक फोर प्रो १४ इन्चको हुनेछ । स्क्रिन डिस्प्ले भने भिजन बुस्टरसहित डाइनामिक एमाेलेड टू एक्स टच हुनेछ ।

त्यस्तै अडियोका लागि सामसङले एकेजी क्वाड स्पिकर राख्ने भएको छ । साथै यी सबै मोडलमा सामसङ स्टुडियो, फोटो रिमास्टर र सेकेन्ड स्क्रिन लगायतका फिचर हुने बताइएको छ ।

यी ल्यापटपको मूल्य भने कम्पनीले खुलाएको छैन । तर सुरुवाती मूल्य १५०० डलर (दुई लाख रुपैयाँ) हुने र २०२४ लागेसँगै बिक्रीवितरण गर्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८० २१:६