close

भाइबर मार्फत बससेवाको टिकेट काट्दा १०० जनालाई शतप्रतिशत क्याशब्याक

टेकपाना टेकपाना

पुस ८, २०८० १५:४९

भाइबर मार्फत बससेवाको टिकेट काट्दा १०० जनालाई शतप्रतिशत क्याशब्याक

काठमाडौं । सामाजिक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबटमार्फत नेपालको बस टिकेटिङ सेवाप्रदायक बससेवाबाट टिकेट काट्दा सय जनालाई क्याशब्याक दिने अफर सार्वजनिक गरेको छ ।

अफरमा नेपालका कुनैपनि गन्तव्यका बस टिकेट काट्दा भाग्यशाली सय जनाले शतप्रतिशत क्याशब्याक पाउनेछन् । यो अफर पुस १६ गतेसम्म सञ्चालन हुने बससेवाले जनाएको छ ।

योसँगै बससेवाको कुनै पनि गन्तव्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबरमार्फत प्रयोगकर्ताले सजिलै टिकेट काट्न सक्नेछन् । बससेवा र भाइबरबीच केही महिनाअघि मात्र साझेदारी भएको थियो ।

अफरका बारेमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने, ''हामी विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी छौँ, मलाई विश्वास छ, आमयात्रुले यात्राका लागि थप सुविधा पाउनुहुनेछ । अबदेखि भाइबर मार्फत टिकेट काट्दा थप सहजता हुनेछ । हामी नेपालको सार्वजनिक यातायातलाई थप सुविधायुक्त र विश्वसनीय बनाउन सफल हुनेछौँ ।''

यो अफरका बिषयमा राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ''भाइबरमा हामी हाम्रा प्रयोगकर्तालाई सम्झनायोग्य सुविधा दिँदा हामी हर्षित छौँ, बससेवासँगको सहकार्यमार्फत यो क्याशब्याक अफरले हरेक नेपाली यात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुनेछ ।''

पछिल्लो अध्यावधिक: पुस ८, २०८० १५:५५