close

यात्राको क्रममा तपाईँ कहाँ-कहाँ पुग्नुभयो ? थाहा पाउन यसरी सेभ गर्नुहोस् गुगल म्याप्स लोकेसन

टेकपाना टेकपाना

पुस ११, २०८० १३:३०

यात्राको क्रममा तपाईँ कहाँ-कहाँ पुग्नुभयो ? थाहा पाउन यसरी सेभ गर्नुहोस् गुगल म्याप्स लोकेसन

काठमाडौं । प्रयोगकर्ताको अनुभवलाई बढावा दिन गुगल म्याप्सले विभिन्न फिचरहरू उपलब्ध गराएको छ । त्यसमध्ये एउटा फिचर हो, ‘लोकेसन सेभ’ । बारम्बार गइरहने ठाउँ र पहिलो पटक गएको नयाँ ठाउँ सम्झिरहन यो फिचर तपाईंका लागि उपयुक्त हुन सक्छ ।

आफूले यात्रा गरेको नयाँ ठाउँ सम्झिन मात्र नभइ यात्राका क्रममा आफू कहाँबाट कसरी यात्रा गरियो भन्ने कुराको विस्तृत जानकारी राख्न पनि यो फिचर उपयुक्त मानिन्छ ।

आज हामी गुगल म्याप्समा लोकेसन सेभ फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा चर्चा गर्दैछौं:​​

मोबाइलमा यसरी सेभ गर्नुहोस् गुगल म्याप्सको कुनै पनि ठाउँ

  • सबैभन्दा पहिले मोबाइलमा म्याप्स एप खोली आफूले सेभ गर्न चाहेको ठाउँ सर्च गर्नुहोस् । (यदि सर्च गरेको ठाउँ देखिएको छैन भने म्याप्समा आफूले सेभ गर्न चाहेको स्थानमा ट्याप गर्नुहोस्) 

  • अनि तल देखिएको ‘डाइरेक्सन’, ‘स्टार्ट’, ‘कल’, र ‘सेभ’ जस्ता अप्सन देखिन्छन् । त्यसमध्ये ‘सेभ’ अप्सनमा ट्याप गर्नुहोस् ।

  • यति गरेपछि आफूले उक्त ठाउँ कुन रूपमा सेभ गर्न चाहेको भन्ने अप्सन छान्नुहोस् वा नयाँ लिस्ट बनाएर त्यसैमा सेभ गर्नुहोस् । नयाँ लिस्ट क्रियट गर्दा त्याे ठाउँकाे बारेमा विस्तृतमा जानकारी राख्न सकिन्छ ।

  • र, माथि दायाँपट्टि रहेको ‘डन’ अप्सनमा ट्याप गर्नुहोस् । 

डेस्कटपमा यसरी सेभ गर्नुहोस् लोकेसन 

  • सबैभन्दा पहिले म्याप्समा आफूले सेभ गर्न चाहेको ठाउँ, कोअर्डिनेट वा आफू रहेको ठाउँ छान्नुहोस् । 

  • अनि ‘सेभ’ लेखेको बटनमा ट्याप गर्नुहोस् । 

  • त्यहाँ लिस्टमा कुन रूपमा सेभ गर्न चाहेको भन्ने अप्सन देखिन्छ । अनि आफूलाई लागेको अप्सनमा वा त्यहाँ तपाईंले खोजेको अप्सन छैन भने अन्तिममा रहेको ‘न्यु लिस्ट’ मा क्लिक गरी नाम सेट गरेर सेभ गर्नुहोस् । 

सेभ गरेको ठाउँ कसरी फेला पार्ने ?

  • सेभ गरेको ठाउँ फेला पार्न सबैभन्दा पहिले म्याप्स एप खोल्नुहोस् ।

  • माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । 

  • अनि, ‘सेभ्ड’ (Saved) अप्सन देखिन्छ । त्यसैमा ट्याप गर्नुभयो भने तपाईंले गुगल म्याप्समा सेभ गरेको सबै ठाउँ देखिन्छ । 

लोकेसन सेभ गर्ने अन्य तरिकाहरू

तपाईंले म्याप्समा छानेको कुनै पनि स्थानपछिका लागि थाहा पाउन ‘सेभ’ गर्न सकिन्छ । यदि त्योभन्दा सहज तरिका खोजिरहनु भएको छ भने उक्त ठाउँलाई ‘लेबल’ गर्नुहोस् । विशेषगरी आफ्नो घर, कार्यालय वा अन्य ठाउँलाई ‘लेबल’ गर्न सकिन्छ ।

माथि भनिए जस्तै 'सेभ्ड' अप्सनमा गएर लेबल गरिएको ठाउँहरू पनि देखिन्छ । यसको फाइदा के हुन्छ भने तपाईंले म्याप्स खोलेको बेला लेबल गरिएको ठाउँ तपाईंको डिभाइमा देखिन्छ । त्यस्तै म्याप्सलाई अफलाइन सेभ गरेर वा लोकेसन शेयर गरेर पनि म्याप्सको ठाउँ सेभ गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८० १३:४२