काठमाडौं । आइतवार बिहान करिब ११ बजेदेखि सरकारी वेबसाइट डाउन भएको पाइएको छ । चार घण्टासम्म डाउन भएका वेबसाइट दिउँसो करिब तीन बजेदेखि पूर्वअवस्थामा चल्न थालेका छन् ।
सामाजिक सञ्जाल एक्समा प्रयोगकर्ताले सरकारी साइट डाउन भएको भन्दै गुनासो गरेका थिए ।
यस विषयमा टेकपानासँग कुरा गर्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेलले डाेमेन नेम सिस्टम (डीएनएस)मा समस्या आउँदा सरकारकाे एकीकृत डेटा सेन्टर (जीआईडीसी)मा होस्ट भएका साइट डाउन भएको जानकारी दिए ।
"डीएनएसमा समस्या आएको थियो, अहिले सबै समस्या समाधान भइसकेको छ," उनले भने, "समस्याबारे प्राविधिकसँग बुझ्नुपर्ने हुन्छ ।"
उनले अगाडि भने, "समस्या आयो र समाधान भइसक्यो भने पनि हामी एकैचोटी साइट अन गर्दैनौं । प्राविधिकले अहिले समाधान गर्दै हुनुहुन्छ । एक्सासि बढी ट्राफिक हुँदा झन् समस्या हुने भएकाले ट्राफिक बाइपास गर्नुपर्छ ।"