close

सीसीटीभी फुटेजको सहयोगमा समातिए घरमा चोरी गर्ने २ जना

टेकपाना टेकपाना

पुस १७, २०८० १५:४४

सीसीटीभी फुटेजको सहयोगमा समातिए घरमा चोरी गर्ने २ जना

काठमाडौं । चोरी गर्ने दुई जनालाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको छ ।  ललितपुरको ग्वार्को मिनी मार्केट नजिकै रहेको काभ्रेपलान्चोककी सुमित्रा तामाङको डेराबाट गत मंसिर १८ गते नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर ठिमिका अन्दाजी ४२ वर्षीय भुवन श्रेष्ठ र चितवन अयोध्यापुरीका अन्दाजी ५६ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन् । चोरी गरेका सामानसहित गत पुस १३ गते उनीहरू बाफलबाट पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरू दुवैलाई सीसीटीभी फुटेज तथा प्राविधिक विश्लेषणपछि काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेको हाे । थप अनुसन्धान एवं कारबाहीका लागी उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस २०, २०८० ११:४५