close

भिडिओ पसलमा आयो ‘चिसो मान्छे’ चलचित्र, विदेशमा रहेका दर्शकले हेर्न सक्ने

टेकपाना टेकपाना

पुस २१, २०८० १६:३२

भिडिओ पसलमा आयो ‘चिसो मान्छे’ चलचित्र, विदेशमा रहेका दर्शकले हेर्न सक्ने

काठमाडौं । ओटीटी प्लेटफर्म ‘भिडिओ पसल’मा नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ उपलब्ध भएको छ । नेपालबाहिर रहेका दर्शकलाई लक्षित गर्दै कम्पनीले हालै ‘चिसो मान्छे’लाई प्लेटफर्ममा उपलब्ध गराएको हो ।

नयाँ वर्ष २०२४ को अवसरमा विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै प्लेटफर्ममा चलचित्र रिलिज गरेको कम्पनीले जनाएको छ । सबै प्रकारका स्मार्ट डिभाइसमा भिडियो पसलको एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ ।

प्लेटफर्ममा रहेका चलचित्र हेर्न २.९९ डलरदेखि ५.९९ डलरसम्म तिर्नुपर्ने हुन्छ । उपलब्ध चलचित्रहरू हेर्न गुगल पे, एप्पल पे, पेपाल, डेबिट/क्रेडिट कार्डबाट पैसा तिर्न सकिने छ ।

चिसो मान्छे दिपेन्द्र के. खनालद्वारा निर्देशित चलचित्र हो । यो चलचित्र २०७९ सालमा रिलिज भएको थियो । कतारको मरुभूमिबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा शव आउँछ । मृतक युवककी श्रीमती, बुवा र गाडी चालक विमानस्थलमा शव लिन आउँछन् । उनीहरू काठमाडौँबाट बाजुरासम्म शव लिएर जान्छन् । फिल्मको कथा त्यही बाटोभरि के-कस्ता घटना भए भन्नेमा केन्द्रित छ ।

२०१७ देखि सञ्चालनमा रहेको ओटीटी प्लेटफर्म भिडिओ पसलमा गोपी, बीर बिक्रम-२, सत्रु गते लगायतका चलचित्र तथा लघुचलचित्रहरू छन् । भिडिओ पसलबाट यी चलचित्र हेर्न वेबमा यहाँ, एन्ड्रोइडमा यहाँ र आईओएसमा यहाँ क्लिक गर्नुहोस् । 


 

पछिल्लो अध्यावधिक: पुस २१, २०८० १६:३३