close

एआई शिक्षाबारे नेपाली सरोकारवालाबीच छलफल चल्दै

टेकपाना टेकपाना

पुस २२, २०८० १२:१८

एआई शिक्षाबारे नेपाली सरोकारवालाबीच छलफल चल्दै

काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी क्वान्टिनम स्कुलमा आज मिनी एडटेक एआई कन्फेरेन्स आयोजना हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रोबोटिक्स एसोसिएसन नेपाल र प्रिमियर इन्टरनेसनल आईबी क्वान्टिनम स्कुलको संयुक्त आयोजनामा आज मिनी एडटेक एआई कन्फेरेन्स आयोजना हुने भएको हो । 

कार्यक्रमको मुख्य थिम एआई सहितको शिक्षाको भविष्य रहेको छ । यस अन्तर्गत एआईमा आधारित परिमार्जित पाठ्यक्रम, एआई एकीकृत गरिएको तालिम र सहयोग लगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै कार्यक्रममा रोबोटिक्स, एआई व्यवसाय र एकेडेमियाको बारेमा प्यानल छलफल हुनेछ । यस छलफलमा गुगल एजुकेसन ग्रुपका सुशील उप्रेती, अध्ययन स्कुलका प्रिन्सिपल सन्दीप शर्मा, फ्युजमसिन्स नेपालका प्रतिनिधि र एकजना अन्तर्राष्ट्रिय वक्ता हुनेछन् ।

साथै यो छलफललाई रोबोटिक्स एसोसिएसन अफ नेपाल, सुदूरपश्चिमका अध्यक्ष दीपक विष्टले सहजीकरण गर्नेछन् ।

योसँगै कक्षा ९ देखि १२ का विद्यार्थीहरूलाई तीन दिने रोबोटिक्स तथा एआई तालिम पनि दिइने भएको छ । मिनी कन्फेरेन्सलाई जुम र फेसबुकबाट समेत प्रत्यक्ष प्रसारण गरिने छ ।

फेसबुकमा कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस २२, २०८० १२:१८