close

५२० किमि रेन्ज भएको ‘बीवाईडी सिल’ नेपाली बजारमा, मूल्य १ करोड ८५ लाख

टेकपाना टेकपाना

माघ ६, २०८० १७:४

५२० किमि रेन्ज भएको ‘बीवाईडी सिल’ नेपाली बजारमा, मूल्य १ करोड ८५ लाख

काठमाडौं । नेपाली बजारमा चिनियाँ अटोमोबाइल ब्रान्ड बीवाईडीको प्रिमियम गाडी भित्रिएको छ । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले बीवाईडी सिल सार्वजनिक गरेको हो ।

साइमेक्सका अनुसार नेपाली बजारमा तीन भेरियन्टमा बीवाईडी सिल उपलब्ध हुनेछ, जसमा बीवाईडी सिल डाइनामिक, प्रिमियम र पर्फमेन्स रहेका छन् । यी बिजुलीको मूल्य एक करोड पाँच लाखदेखि एक करोड ८५ लाखसम्म तोकिएको छ ।

सिलको डाइनामिक भेरियन्टमा ६१.४४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर जडान गरिएको छ । यसले ४६० किलोमिटर सम्म रेन्ज दिने बताइएको छ । त्यस्तै सिलको प्रिमियम भेरियन्टमा ८२.५६ किलोवाट आवरको ब्याट्री र २३० किलोवाटको मोटर राखिएको छ । यसले ५७० किमिसम्म रेञ्ज दिने बताइएको छ ।

साथै सिलको हाई भेरियन्ट अर्थात् पर्फमेन्समा ८२.५६ किलोवाट आवरको ब्याट्री र ३९० किलोवाटको मोटर राखिएको छ । यसले ५२० किलोमिटर रेञ्ज दिने बताइएको छ ।

बीवाईडी सिलको भेरियन्ट र मूल्य

 

Trim

Battery Pack | Range

Motor | Torque

Price

BYD SEAL (Dynamic)

61.44 kWh | 460 km (WLTC)

RWD

150 kW | 310 Nm

1.05 Cr

BYD SEAL (Premium)

82.56 kWh | 570 km (WLTC)

RWD

230 kW | 360 Nm

1.39 Cr

BYD SEAL (Performance)

82.56 kWh | 520 km (WLTC)

AWD

390 kW | 670 Nm

1.85 Cr


बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका बजार प्रबन्धक समिर श्रेष्ठले गाडीको बुकिङ खुला भइसकेको बताए । उनका अनुसार यसमा आठ वर्ष अथवा एक लाख ६० हजार किलोमिटर वारेन्टी रहेको छ । यो गाडी आर्कटिक ब्लु, अरोरा ह्वाइट, कज्मोस ब्ल्याक र एटलान्टिस ग्रे गरी चार रङमा खरिद गर्न सकिनेछ । 

गाडीमा ३६० डिग्री क्यामेरा, इन्टेलिजेन्ट पावर ब्रेक सिस्टम, ट्य्राक्सन कन्ट्रोल सिस्टम, अटो होल्ड, ट्राफिक साइन रिकग्निसन, लेन डिपार्चर वार्निङ,  ब्लाइड स्पट डिटेक्सन लगायतका फिचर छन् । गाडीबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: माघ ६, २०८० १७:४