close

एफटीटीएच इन्टरनेट जोड्नेलाई टेलिकमले प्रिपेड सिमकार्ड निःशुल्क दिने

टेकपाना टेकपाना

माघ २२, २०८० १२:३५

एफटीटीएच इन्टरनेट जोड्नेलाई टेलिकमले प्रिपेड सिमकार्ड निःशुल्क दिने

काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट जडान गर्ने ग्राहकलाई कम्पनीले एक थान प्रिपेड सिमकार्ड निःशुल्क दिने भएको छ । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा यो अफर ल्याएको हो ।

त्यस्तै गत वर्षको एनिभर्सरी अफर अन्तर्गतको एफटीटीएच कम्बो प्याकेज खरिद गरेका ग्राहकले १५ प्रतिशत कम मूल्यमा ५० एमबीपीएस क्षमताको एफटीटीएच प्याकेज रिन्यु गर्न सक्ने छन् । साथै नयाँ ग्राहक तथा अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा २५० प्रतिशतसम्मको कम्बो प्याकेज खरिद गर्न सक्ने बताइएको छ ।

टेलिकमले हाल सञ्चालनमा रहेको च्याटबटलाई स्तरोन्नती गर्ने भएको छ । कम्पनीले एआई प्रविधिको एलएलएम (लार्ज ल्याङ्ग्वेज मोडेल) मा आधारित च्याटबोट सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको हो । 

नेपाल टेलिकम २० वर्ष पुरा गरी २१ औं प्रर्षमा प्रवेश गरेको छ । यही अवसरमा कम्पनीले सेवा सुरु गरेपश्चात् सेवा लिई हालसम्म निरन्तर प्रयोग गरिरहेका ३०० जना पोस्टपे​ड प्रयोगकर्ता र ३०० जना प्रिपेड प्रयोगकर्तालाई लोयल्टी प्याकेज समेत उपलब्ध गराएको छ ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी एनिभर्सरी प्याकेज समेत सार्वजनिक गरेको छ । 

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १२:३८