close

१९ मिनेटमै फुल चार्ज हुने रेड्मी नोट१३ प्रो प्लस नेपालमा, यस्ता छन् फिचरसँगै सिरिजका अन्य फोन

टेकपाना टेकपाना

माघ २२, २०८० १५:३४

१९ मिनेटमै फुल चार्ज हुने रेड्मी नोट१३ प्रो प्लस नेपालमा, यस्ता छन् फिचरसँगै सिरिजका अन्य फोन

काठमाडौं । रेड्मी नोट १३ सिरिज नेपाली बजारमा सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै साओमीले आफ्नो नयाँ फोन भित्र्याएको हो । 

नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो प्लस फाइभजी, नोट १३ प्रो र नोट १३ गरी तीन मोडेल बजारमा आएका छन् । कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो प्लस फाइभजी दुई ओटा स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । जसमा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

त्यसैगरी १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ रहेको छ । नेपाली बजारमा यो मोडेलको फोन विभिन्न तीन कलरमा (मुनलाइट ब्ल्याक, मुनलाइट ह्वाइट र अरोरा पर्पल (Aurora) मा पाउन सकिन्छ ।

कम्पनीले यो मोडेलमा पहिलो पटक कर्भ्ड डिस्प्ले र इन-डिस्प्ले समावेश गरेको छ । रेड्मी नोट १३ सिरिजका सबै मोडेलमा इन-डिस्प्ले फिङ्गरप्रिन्टको सुविधा पाउन सकिन्छ । यो मोडेल मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेटबाट सञ्चालित छ भने एन्ड्रोइड १३ तथा मि-यूआई १४ मा आधारित छ । 

यो मोडेलमा २०० मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर राखिएको छ । सेल्फी पारखीका लागि भने यसमा १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ । यसमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जसलाई चार्ज गर्न १२० वाट क्षमताको चार्जर दिने कम्पनीले जनाएको छ । यो चार्जरले १९ मिनेटमा फोन फुल चार्ज हुने दाबी गरेको छ ।   

त्यस्तै रेड्मी नोट १३ प्रोका पनि दुई ओटा भेरियन्ट उपलब्ध छन् । त्यसमा ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ राखिएको छ भने १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ३९ हजार ९९९ रुपैयाँ रहेको छ ।

यसमा पनि २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेल म्याक्रो लेन्स राखिएको छ । अगाडि भागमा भने १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । यसमा ५१०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसलाई चार्ज गर्न कम्पनीले ६७ वाटको फास्ट चार्जर उपलब्ध गराएको छ । यसले १७ मिनेटमा ५० प्रतिशत तथा ४४ मिनेटमा १०० प्रतिशत चार्ज गर्ने कम्पनीले जनाएको छ । 

यसैगरी रेड्मी नोट १३ पनि दुई ओटा भेरियन्टमा आएको छ । कम्पनीले ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टलाई २४ हजार ९९९ रुपैयाँमा र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टलाई २७ हजार ९९९ रुपैयाँमा बिक्री गर्दैछ ।

यसमा भने १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको डेफ्थ सेन्सर राखिएको छ । अन्य मोडेल जस्तै यसमा पनि १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । ५००० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोन चार्ज गर्न ३३ वाटको वायर्ड चार्जर साथमा पाउन सकिने छ ।​

 

अफरहरू​

रेड्मी नोट १३ खरिद गर्दा ग्राहकले दुई हजार ९९९ रुपैयाँ पर्ने बड्स फोर एक्टिभ एक हजार ६९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यस्तै नोट १३ प्रो र नोट १३ प्रो प्लस खरिद गर्ने ग्राहकले दुई हजार ९९९ रुपैयाँ पर्ने बड्स फोर एक्टिभ एक हजार ६९९ रुपैयाँ वा पाँच हजार ६९९ रुपैयाँ पर्ने रेड्मी वाच थ्री तीन हजार ४९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । 

 

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १५:३७